Saturday July 02, 2022

यस बर्षको भिक्टोरिया डे भब्य, धेरै नेपालीको उपस्थिती

३१ जेष्ठ, २०७९ शीतलपाटीन्युज डटकम। 1218


यस बर्षको भिक्टोरिया डे भब्य, धेरै नेपालीको उपस्थिती

शीतलपाटीन्युज डटरम।

लन्डन। बेलायतको रसमोर बरो काउन्सिलले महारानी भिक्टोरियाको सम्झनामा हरेक बर्ष मनाउने गरेको ‘भिक्टोरिया डे’ यस पटक पनि भब्य रुपमा मनायो। यो भिक्टोरिया डे मनाउने क्रममा बेलायतवासी नेपालीहरुले पनि  उल्लेख्य सहभागि सहित मनाएको समाचार छ।

गत शनिबार अल्डरसटको प्रिन्सेस हल कारपार्कमा जम्मा भयर सुरु भयको नगर परिक्रमा भब्य भयको थियो। बेलायत सरकारका भेट्रान मिनीस्टर लियो डोचर्टी,रसमोर बरोका मेयर ,काउन्सील लिडर डेभिड क्लीफोर्ड,एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगर,एनआरएन युके प्रमुख संरक्षक शेर बहादुर सुनार, नेपाली ब्रिटीस काउन्सीलरहरु प्रबेस केसी, नेम थापा र जीव बेलबासे समेतको उपस्थिती रहेको सो नगर परिक्रमामा परेडमा ग्रेटर रसमोर नेप्लिज कम्युनिटी,तमुधिं यूके,किरात राई यायोख्या,किरात याक्थुङ चुम्लुङ,मगर एसोसिएसन यूके,एनआरएनए युके,बुद्धिष्ट कम्युनिटी सेन्टर यूके,शिव कल्चरल एण्ड कम्युनिटी सेन्टर युके,नौमती बाजा गुल्मी यूके,फार्नबरो साइ सेन्टरलगायत नेपाली संस्थाहरुले आ-आफ्नो ब्यानर बोकेर मार्चपास गरेका थिए। अल्डरसट टाउन सेन्टरमा बिहान १०ः०० देखि अपराह्न १६ः०० बजेसम्म भएको समारोहमा विभिन्न भेषभुषामा सजिएका नेपालीहरु आफ्नो मौलिक भेषभूषा र गरगहनाले सजिएका थिए। नेपाली आमाबाबा, दाजुभाई दिदीबहिनीहरु,भूतपूर्व गोर्खा परिवारहरु र अन्य समुदायहरुको पनि उपस्थिती रहेको र सडक किनारमा बसेर परेडलाई हौसला प्रदान गर्दै मनोरम्जन गराइएको  थियो ।

बेलायतका भेट्रान मन्त्री लियो डकर्टी समेतको उक्त र्यालीमा अगुवामा भीआईपी समेतको बस, भिन्टाज मोटर,मोटर बाइकहरु,झाकीहरु, बैण्डबाजा, नौमतीबाजा समेत नेपाली संस्था र बेलायतीहरु सहभागी भएका थिए। रानी भिक्टोरियाको रुपमा सिंगारिएर एक महिलालाई खुल्ला गाडीमा परिक्रमा गराइएको समारोहमा दशौं हजार सहभागी मध्यका तमुधि युकेका अध्यक्ष हितकाजी गुरुङले बताउनु भयो।‘भिक्टोरिया डे’ मनोरन्जनपूर्ण एउटा जमघट हो जहाँ पारिवारिक गतिविधि,लाइभ म्यूजिक,नृत्य र स्टलहरु राखेर मनाईन्छ।

रसमोर बरो काउन्सीलबाट कार्यक्रमको संयोजन जेनी र ग्रेटर रसमोर नेपालीको तर्फबाट जीआरएनसीका उपाध्यक्ष मिया डंगोल केसीले गर्नु भयको उक्त समारोहको कार्यक्रममा,सहसंयोजकहरु उपाक्ष्यक्ष उत्तरबहादुर गुरुङ,बिशाल गुरुङ,महासचिव बिशाल गुरुङ,कार्यसमिति सदस्य सुष्मा गुरुङ,सचिव सुशीला थापा मगर,कोषाध्यक्ष श्याम श्रेष्ठ , प्रवक्ता किशोवर चन्द,मिडिया सेक्रेटरी मिलन तमु,सहमिडिया सेक्रेटरी इजरा श्रेष्ठ,स्पोर्टस् सेक्रेटरी कुमार गुरुङ,मद्दत समूह,सल्लाहकार डिलरास गुरुङ लगायतले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनु भयको थियो।

महारानी भिक्टोरियासँग अल्डरसटको निकट सम्बन्ध स्मरण गर्न सो दिनलाई विशेष रुपमा मनाइन्छ। यसमा हजारौं सहभागी हुने गर्छन् । यसपटक अल्डरसट,फार्नबोरो आसपास र बर्कसायर क्षेत्रका नेपाली तथा बेलायतीहरुको १० हजार दर्शक सहभागी भयको बिश्वास गरिएको छ। प्रिन्सेसहल अगाडि भिसी कुलवीर थापाको सालिक छेउमा अंग्रेजी कन्सर्ट र विभिन्न सांस्कृतिक प्रदर्शन गरिएको सो कार्यक्रम चिनिया समुदायले ड्रागन डान्स र पञ्जावीको भांग्रानाच समेतले मानिसहरुलाई भरपुर मनोरन्जन गराएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?