२ असार, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। प्रवासी नेपाली मञ्चको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रवासी नेपाली मञ्च, डेनमार्कको पाँचौं अधिवेशन यहि जुन १४ मा डेनमार्कको राजधानी कोपनहेगनमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य,विदेश विभाग प्रमुख तथा प्रवास ईन्चार्ज कमरेड डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा नरेन्द्रबहादुर बस्नेत,उपाध्यक्षमा शिब कार्की, सचिवमा कृष्णप्रसाद पराजुली, उपसचिवमा शैलेन्द्र राई,आर्थिक विभाग प्रमुखमा शुसन बराल र सदस्यहरुमा क्रमशः आलोक सुवेदी,गोविन्द पौडेल,शुसिल पहारी,राजेन्द्र भट्ट,मुक्ति श्रेष्ठ,हरी बिसी र नविन सुवेदीलाई चयन गरेको छ।
यसैगरी प्रवासी नेपाली मञ्च स्पेनको पाँचौं राष्ट्रिय अधिवेशन प्रमुख अतिथि कमरेड डा राजन भट्टराईको आतिथ्यतामा यहि जुन १३ गते बार्सीलोनामा सम्पन्न भएको छ।अधिवेशनले अध्यक्षमा हेमन्त रानाभाट, उपाध्यक्षमा भुपेन्द्रकुमार श्रेष्ठ,सचिवमा गोविन्दप्रसाद तिमिल्सिना, उपसचिवमा श्यामप्रसाद दाहाल,उपसचिवमा मोहनराज गौतम, सदस्यहरुमा क्रमस शिवप्रसाद गौतम,राजेन्द्र तिमिल्सिना,कृष्णप्रसाद सिग्देल, कमला बराल,केशव रिजाल,भिम गुरुङ,सुरेश चोख्याल, गणेशराज अधिकारी,ध्रुवराज ढकाल, कल्पना भुजेल र सुनयना श्रेष्ठलाई चयन गरेको छ।
यसैगरी प्रवासी नेपाली मञ्च, फ्रान्सको पाँचौं अधिवेशन प्रमुख अतिथि कमरेड डा राजन भट्टराईको प्रमुख आतिथ्यतामा यहि जुन १२ मा फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ। अधिवेशनले अध्यक्षमा एकबहादुर मल्ल,उपाध्यक्षमा अनिल गुरुङ,सचिवमा राजु खप्तडी बस्नेत, उपसचिवमा नारायण न्यौपाने, उपसचिवमा मिन श्रेष्ठ, आर्थिक विभाग प्रमुखमा लाल सोडारी र सदस्यहरुमा क्रमश जीवन थापा, मिना अधिकारी, विदुर श्रेष्ठ, सावित्री शाह,निर्मला शाही,दिनेश सुवेदी, डम्मर गुरुङ, सुमन कार्की, दिल नेपाली, उज्जवल पौडेल, प्रकाश पाठक, अशोक कुँवर, विक्रम खाँड चयन हुनुभएको छ। यस अघि जुन ४ मा प्रवासी नेपाली मञ्च,जर्मनीमा युवराज अधिकारीको अध्यक्षतामा, जुन ५ मा बेल्जियममा चन्द्रकुमारी गुरुङको अध्यक्षतामा, जुन ५ मा नर्वेमा मनोज अधिकारीको अध्यक्षतामा र जुन ९ मा चेक रिपव्लिकमा छत्र अधिकारीको अध्यक्षतामा अधिवेशनहरु सम्पन्न भई राष्ट्रिय कमिटीहरु गठन भई सकेको छ। सबैजना नवनिर्वाचित अध्यक्ष,पदाधिकारी तथा सदस्य कमरेडहरुलाई हार्दिक बधाई र कार्यसफलताको शुभकामना छ। निवर्तमान हुनुभएका कमरेडहरु क्रमश चन्द्रकान्त आचार्य जर्मनी, बोधराज पौडेल बेल्जियम, विश्वास बजगाई नर्वे, उत्तम आचार्य चेकरिपव्लिक,भक्तबहादुर वाल्ले फ्रान्स, हेम शेर्पा– स्पेन र शिव चापागाई डेनमार्कलाई अहोरात्र खटी संगठनलाई यस उचाईसम्म पुर्याउँदै सफलतापुर्वक नयाँ नेतृत्व निर्माण गर्न सफल हुनुभएकोमा यहाँहरुको उच्च मुल्यांकन गर्दै हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्दछु । अधिवेशन सफलतापुर्वक सम्पन्न गर्न अहोरात्र खटी मेहनत गर्नुभएका यूरोप कमिटीका अध्यक्ष, उपाध्यक्षहरु,सचिव लगायत सम्पूर्ण यूरोप कमिटीका नेता कमरेडहरुलाई हार्दिक धन्यवाद, हार्दिक बधाई र कार्यसफलताको शुभकामना छ ।
आजै जुन १५, २०२२ मा कमरेड राजन भट्टराई युरोपको दुईहप्ताको अति व्यस्त कार्यतालिका सम्पन्न गरी प्रवासी नेपाली मञ्च, अमेरिका र क्यानडाको अधिवेशनहरु सम्पन्न गर्न बार्सिलोनाबाट अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ,वहाँको सुखद यात्राको शुभकामना छ। पुन सबैलाई हार्दिक बधाई र शुभकामना भन्दै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले शीतलपाटीलाई जानकारी दिनु भयको छ।
१५ जुन २०२२