२ असार, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। समाजसेवाका हरेक क्षेत्रमा अगुवा बनेर समाजसेवा गर्नु भयका समाजसेवी पुर्व डिएसपी शीवजी श्रेष्ठ परदेश र घरदेशबाट सम्मानित हुनु भयको समाचार प्राप्त भयको छ।
पुर्वी पहाडी जिल्ला ओखलढुड्गामा जन्मेर हुर्केर नेपाल प्रहरीमा सेवा गर्नु भयका पुर्व डिएसपी बेलायत रहे पनि देशप्रतिको माया,समाज प्रतिको मायालाई उच्च मन राखेर सेवा गर्नु भयकोमा आफ्नो जन्मथलोको परदेसी संस्था ओखलढुड्गा नेपाली समाजले “...you are an asset of OJSUK ” भन्दै सम्मान गरेको छ। सम्मान पाउदा मन आनन्दित त छ नै, त्यस्तै झन् उत्तरदायित्व थपिएको महशुस गराएको छ। बेलायतमा रहेर राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा वखलढुड्गा लिल्लाको नाम राख्न मेहनत गरेबापत पुरष्कृत हुनु भयको थियो।
त्यस्तै गरी कोरोना महामारीको बेला बेलायतबाट अक्सीजन प्लान्टहरु सहयोग पठाएर, इपुस्कालय स्थापना गरेर, कम्पुटर प्रदान गरेर, बृध्दबृद्दालाई सम्मान गरे बापत नारायणस्थान माध्यमिक बिध्दालयले पनि सम्मानपत्रद्वारा सम्मान गरेको छ।
श्रेष्ठलाई माध्यमिक बिध्दालयका प्रधानाध्यापक रमेश कुमार खनाल र बिध्दालय ब्यवस्थापन समितीका अध्यक्ष शीव कुमार बानियाले ठुलो सहयोगका लागि धन्यबाद समेतदिनु भयको छ।