Saturday July 02, 2022

वि विल राइज फाउण्डेसन युकेको संयोजकमा मान प्रसाद गुरुड्ग नियुक्त

३ असार, २०७९ शीतलपाटीन्युज डटकम। 8996


वि विल राइज फाउण्डेसन युकेको संयोजकमा मान प्रसाद गुरुड्ग नियुक्त

शीतलपाटीन्युज डटकम।

लण्डन।नेपालमा पर्यटन प्रबर्धन गर्न बेलायतमा नेपाली पहिचान देखाउन तल्लिन एक अभियन्ता पर्वत,पोखरा घर भै बेलायतको क्याम्बर्ली ओल्डडिन बस्नु हुने पोखरेली मंच युकेका निवर्तमान अध्यक्ष एवम समाजसेबी मान प्रसाद गुरुड्ग वि विल राइज फाउण्डेसनको बेलायत संयोजक हुनु भयको समाचार आफ्नो फेसबुक वालमा मान प्रसाद गुरुड्गले लेख्नु भयको छ। त्यस्तै गरि वि विल राइजको प्रमुख सल्लाहाकारमा रिटायर्ड मेजर खुसीमान गुरुड्ग एमभियो नियुक्त हुनु भयको छ।

संयोजक गुरुड्गलाई नेपालमा दर्ता भयर हंगकंगबाट संचालित WWRF का डाइरेक्टर तुलसी कुमार गुरुड्गले नेपालको पर्यटन बिकास र अन्य गतिबिधीहरुमा WWRF को बिधान अन्तरगत रहेर “हाइक फर नेपाल” को काम गर्न बेलायतको संयोजकमा नियुक्ति गर्नु भयको छ।

पोखरेली मंचको महासचिव हुदै अध्यक्ष बन्नु भयको मान प्रसाद गुरुड्ग पर्यटन र खेल क्षेत्रका लागि अभियन्ता हुनुहुन्छ। नेपालमा पर्यटन बिकासका लागि लण्डनमा “हाइक फर नेपाल इन वयल्स र नेपाल टी -२० क्रिकेट आयोजना गरेर लोकप्रियता कमाउनु भयको छ भने भुपु खेलाडी मंचलाई सहयोग गर्दै पोखरा अन्तराष्ट्रिय म्याराथन खेलाएर नेपाललाई बिदेशमा रहेका नेपालीहरु बीच पर्यटकिय समन्वयको गतिलो माध्यम बनाउनु भयको छ।

साथै खेलाडी,कलाकार,पत्रकार,हिमाल आरोही,उद्यमि व्यावसायि,विविध क्षेत्रका प्रतिभावान एवं सामाजिक व्यक्तित्वहरुको साझा मंच वि विल राइज फाउन्डेसन (We Will Rise Foundation) ले मलाई योग्य ठानेर बेलायतको लागि संयोजकको जिम्मेवारी दिनु भएकोमा अत्यन्तै खुशी र भाग्यमानी महसुस गरेको छु भन्दै पोखरेली मंच युकेका निवर्तमान अध्यक्ष एवम प्रमुख सल्लाहाकार मान प्रसाद गुरुड्गले आफ्नो फेसबुक वालमा लेख्नु भयको छ। उहाले WWRF जस्तो गरिमामय सस्थामा बसेर विविध व्यक्तित्वहरुको साथमा रहेर समाज र देशको सेवा गर्ने अवसर दिनु भएकोमा WWRF प्रति हार्दिक धन्यवाद एवं कृतज्ञता प्रकट गर्दछु। जय वि विल राइज!🇳🇵भन्नु भयको छ। 

नेपाली भिलेज इन वयल्सका उपाध्यक्ष रहनु भयका मान प्रसाद गुरुड्गको WWRF मा संयोजक नियुक्तिले नेपाल र बिदेस रहेका नेपाली बिच सम्बन्ध सुमधुर रहने र पर्यटन एवम खेल क्षेत्रको बिकासमा टेवा पुग्ने आसा गर्न सकिन्छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?