Saturday July 02, 2022

लण्डनमा “राई इज किङ” राजेशपायल राईको एकल कन्सर्ट हुदै

६ असार, २०७९ शीतलपाटीन्युज डटकम। 2432


लण्डनमा “राई इज किङ” राजेशपायल राईको एकल कन्सर्ट हुदै

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपालका चर्चित गायक राजेशपायल राई बेलायत आउने कुरा प्रेषमीट गर्दै किरात राई ययोख्या बेलायतले जानकारी गराएको छ।“राई इज किंग” उपाधि पाएका गायक राई आफ्नो एकल गायनका लागि बेलायत आउन लागेका हो। एकल कन्सर्टबाट उठेको रकमबाट कला तथा कलाकारको सम्मान,किरात राई समुदायको भलाई,परोपकार तथा कल्याणकारी कार्यमा थप गति प्रदान 
गर्न खर्च हुने प्रेषमीटका अवसरमा किरात राई यायोख्या बेलायतका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रि.क्या सुमनचन्द्र राईले बताउनु भयको छ।

किरात राई यायोक्खा बेलायतले आउंदो २४ जुलाई २०२२ का दिन लाइभ ब्याण्डसहित “राजेश पायल राई एकल साँझ” नामक भव्य सांगीतिक कार्यक्रम गर्न लागेको कुरा आज आइतबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक एवम संस्थाका उपाध्यक्ष रि.क्या. सुमनचन्द्र राईले जानकारी दिनु भएको हो।

अल्डरसटमस्थित एम्पायर हलमा सो कार्यक्रम हुनेछ भने राईले अढाइ घण्टा लामो कार्यक्रममा करिब २०-२५ बटा आफ्ना रचना र आफु समर्थक साथीभाईको गीत गाउनेछन्। सो कार्यक्रममा राईको योगदानको मुल्याड्कन गर्दै गायक राईलाई किराया बेलायतले सम्मान पनि गर्ने कार्यक्रम छ।

उक्त कार्यक्रम भव्य र जीवन्त बनाउन लाइभ ब्याण्ड समावेश गरिने र त्यसका लागि बेलायतका उत्कृष्ट वाद्यवादकहरु तयार गरीएको र करिव एक हजार दर्शक अट्न सक्ने क्षमता रहेको एम्पायर हलमा किरात राई समुदायमात्र सिमित 
नराखी गैर किरात राईहरु,उनका फ्यान र नेपाली संगीतप्रेमीलाई पनि विशेष प्राथमिकता दिइने अयोजकको योजना छ।

 

राजेश पायल एकल साँझको अफिसियल मिडिया पार्टनरमा वीनेपाली डटकम,नेपाली लिंक,शीतलपाटीन्युज डटकम, लन्डन नेपालन्यूज, गोर्खा मेडिया, सिलौटी टाइम्स् छ। आज एक समारोह बिच फोनिज युके अध्यक्ष गोमा राना,एफएनजे युके उपाध्यक्ष प्रमिला लाबुड्ग राई, एफएनजे युके महासचीव नरेन्द्र बस्नेत, शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मीको उपस्थितीमा कार्यक्रमको प्रेष बिज्ञप्ति पढेर सुनाईएको थियो। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?