६ असार, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। पूर्व गोर्खा सैनिक एबम् चर्चित खेलाडी राजकुमार राईद्धारा अभिनित चलचित्र "सउल अफ द कमाण्डो’’ को प्रिमियर शो बेलायतको अल्डरसटस्थित प्रिसेन्स हलमा २७ अगष्ट २०२२ मा प्रिमियर शो हुने भएको छ। सो कुरा आज आइतवार आयोजित पत्रकार सम्मेलन गरी निमार्ण पक्षले प्रिमियर शोका लागि आवश्यक तयारी भइसकेको जनाएका छन।
नेपालको विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको निर्देशन युवराज राई (वीरबहादुर राई) गरेका हुन । विजया राईको प्रस्तुती रहेको चलचित्र रवि थापा,धन लिम्बु र मिलन राईले निमार्ण गरेका हुन। प्रिमियर शोका लागि सबै तयारी पुरा भैसकेको छ’ प्रस्तुतकर्ता विजया राईले प्रेषमीटमा भनिन “अब हामी दर्शकको पर्खाइमा छौं। प्रिमियरमा चलचित्रका सबै कलाकारको उपस्थिती रहने छन “ राईले बताइन।
एक ब्रिटीष आर्मीको संघर्षलाई कथाबस्तुमा समेटिएको निमार्ण पक्षले जनाएको छ। प्रिमियर प्रदर्शनमा दर्शकलाई २० पाउण्ड टिकटदर राखिएको र संकलित रकम सामाजिक सेवामा खर्च गरिने पनि निमार्ण पक्षले जनाएको छ।
चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुको अभिनय रहेको छ। चलचित्रको संगीत सन्तोष दुमी र आनन्द राईले गरेका हुन भने गीत राजकुमार राई र चत्तरभक्त राईले लेखेका हुन। चलचित्रको द्धन्द्ध एनवी महर्जनको हो भने छायांकन दीर्घ गुरुङले गरेका छन। प्रेष मिटीड्गमा नजीकका साथीले राज कुमार राईको जीवन कहानी सुनाएका थिए।
रोमीयन लिम्बुले संचालन गरेको सो पत्रकार सम्मेलनमा लण्डन नेपालन्युजका सम्पादक शीव भण्डारी,सम्बाददाता प्रकास कडेल,शीतलपाटीका सम्पादक बाचस्पति रेग्मी,फोटो पत्रकार शंकर श्रेष्ठ लगायतका विभिन्न संचारकर्मीका साथै चलचित्र निर्माता बिनोद मानन्धर,काउन्सिलर प्रवेश केसी,नेपाल चलचित्र कलाकार संघ बेलायतका अध्यक्ष रोमियन लिम्बु लगायतका कलाकारहरुको समेत उपस्थिती रहेको थियो ।