Thursday June 01, 2023

पोखरेली मंच युकेको “पीपल नेपालकप टी २० क्रिकेट” र “हाइक फर नेपाल इन वयल्स” कार्यक्रम हुदै

६ असार, २०७९ शीतलपाटीन्युज डटकम। 3612


पोखरेली मंच युकेको “पीपल नेपालकप  टी २० क्रिकेट” र “हाइक फर नेपाल इन वयल्स” कार्यक्रम हुदै

शीतलपाटीन्युज डटकम। 

रेडिड्ग,लण्डन। पोखरेली मञ्च युकेले खेलाउदै आएको लोकप्रिय क्रिकेट खेल यस बर्ष २०२२ मा खेलाउने समाचार प्राप्त भयको छ। १९ जुन २०२२ मा क्रिकेट क्लव रेडिड्गमा बसेको कार्यसमिती बैठकले यस बर्ष हुने पाचौ पीपल नेपालकप टी-२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने कुरा जानकारी गराएको छ। २०२० र २०२१ मा भने कोरोना महामारीका कारण हुन सकेको थिएन।

नकआउट प्रणलीमा सञ्चालन हुने खेलमा १० वटा क्लवले आवेदन गरेता पनि ६ वटा टीमलाई छनौट गरीएको छ। छनौट भयका क्लवहरु नवयुवा क्रिकेट क्लव, हिमालयन क्रिकेट क्लव,रमाईलो क्रिकेट क्लव,खुकुरी क्रिकेट क्लब, क्यूजी सिग्नल क्रिकेट क्लव र नेप्लिज वरिएर क्रिकेट क्लव सहभागी हुने भयका छन्। उक्त खेल रेडिङस्थित रेडिङ्ग क्रिकेट क्लब सनिड्ग लेनमा (१० र १७ जुलाई २०२२) आगामी जुलाईको १० तारिख बिहान १० बजे शुरु हुनेछ भने १७ जुलाई आईतवार २००० का दिन फाईनल खेल सम्पन्न हुनेछ ।

पीपल मर्गेज इभेन्टस स्पोन्सर रहेको क्रिकेट खेलमा पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गका अनुसार टुर्नामेन्टको आयोजनाले खेलाडिहरुको क्षमतामा बिकास हुने,एकअर्कामा चिनजान हुने,इन्ट्रीग्रेशन हुने र एकअर्कालाई एकताको सुत्रमा बाँध्ने बताउनु भयको छ। करिव ५०० दर्शकको आसा गरीएको सो इभेन्टसमा ८ हजार पौण्ड खर्च लाग्ने अनुमान गरीएको छ।

खेल उद्घाटनका लागि लागि एनआरएन युकेका अध्यक्ष प्रेम गाहामगर र  समापनका लागि नेपाली राजदुताबासबाट महामहिम राजदुतलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिने सो कार्यक्रम टिम दर्ता शुल्क २५० पाउण्ड गरिएको टुर्नामेन्टमा साधारणतर्फ प्रवेश निःशुल्क गरिने र सहयोग गर्न चाहाने भिआईपीतर्फ भने ३० पाउण्डमा खाना समेत ब्यवस्था मीलाईएको छ। 

साथै पोखरेली मंच युकेले नेपालमा पर्यटन बिकासका लागी प्रचार प्रसार गर्न र नेपालीहरुको बेलायतमा पहिचान बढाउन  “हाइक फर नेपाल इन वयल्स,युके” कार्यक्रममा समेत संचालन गर्ने भयको छ। नेपालमा दर्ता भै हंगकंगबाट संचालित We will Rise हंगकंगका फाउण्डर प्रेसीडेन्ट तुलसी गुरुड्ग समेतको संयुक्त प्रयासमा यो ३ दिने ५ अगस्त देखी ७ अगस्त २०२२ सम्म हुने कार्यक्रम आयोजना गरेको हो। ख्याती प्राप्त नेपालीहरु,बेलायत बसोबास गर्ने नेपालीहरु,बिभिन्न संघसंस्थाहरुका प्रमुखहरु र स्थानिय बेलायती नेताहरु समेतको उपस्थितीमा भब्य हाईकिड्ग हुनेछ।

नेपालको पर्यटन बिकास,रहनसहन, कलासंस्कृति र अन्तराष्ट्रिय सम्बन्धमा उर्जा दिने यो कार्यक्रम पोखरेली मंच युकेका अध्यक्ष करम गुरुड्गको अध्यक्षतामा भयको थियो।

संस्थाका महासचिव जसु गुरुड्गले संचालन गरेको सो कार्यक्रममा प्रमुख संरक्षक क्याप्टेन सीबी पुन,प्रमुख सल्लाहाकार एवम निवर्तमान अध्यक्ष मान प्रसाद गुरुड्ग, सल्लाहाकारहरु महेस गुरुड्ग र नरजंग गुरुड्ग, उपाध्यक्ष पवित्र गुरुड्ग, पुर्व उपाध्यक्ष बाचस्रपति रेग्मी र कार्यसमिती पदाधिकारीहरु सचीव जीवन गुरुड्ग,सदस्यहरु मीना गुरुड्ग र सोम गुरुड्गको उपस्थित रही कार्यक्रम सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?