६ असार, २०७९
शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। नेपाली फुटबल संघहरुको छाता संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्षमा पकञ्जबिक्रम नेम्वाङ निर्वाचित भएका छन् ।
काठमाण्डौमा सोमबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्दी वर्तमान एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई पराजित गर्दै पंकज अध्यक्षमा निर्वाचित भएका हुन् ।
सम्पन्न निर्वाचनमा अध्यक्षमा निर्वाचित पंकजले ४५ र कर्मा छिरिङ शेर्पाले ३९ मत प्राप्त गरे । यस अघि पकञ्ज एन्फाको वरिष्ठ उपाध्यक्ष रहेका थिए । अन्य पदाधिकारीहरुको मत गणना जारी रहेको छ ।
(पोखरास्पोर्टस)