Saturday July 02, 2022

मोना युकेद्वारा आयोजना गरिदै सबैभन्दा ठूलो धन राशिको भलिबल प्रतियोगिता ।

७ असार, २०७९ शीतलपाटीन्युज डटकम। 4813


मोना युकेद्वारा आयोजना गरिदै सबैभन्दा ठूलो धन राशिको भलिबल प्रतियोगिता ।

 

मनसुदन थापा मगर

बेलायत।

लण्डन।बेलायतमा यतिबेला सम्मर लागेसँगै विभिन्न गीत संगीतका कार्यक्रमहरू, BBQ party, अनि विभिन्न खेलकुद प्रतियोगिताहरुको होडबाजी नै चलिराखेको छ। यसैबीच आउँदै गरेको २ जुलाईको दिन भने खेल प्रेमी तथा गीत संगीत प्रेमीहरुको लागि एकैदिन सुनौलो अवसर जुरेको छ‌। प्रसङ्ग हो चौथो मोना भलिबल प्रतियोगिताको, बिगतका प्रतियोगिताहरु हेर्दाखेरि एउटा खेल महोत्सव जस्तो देखिने मोना भलिबल प्रतियोगिता यसपाली पनि उस्तै तामझामका साथ तयारी गरिएको छ।

बेलायतमा नेपाली समुदायको बाक्लो बस्ती भएको ठाउँ  अल्डरसटको Rushmoor saints FC Ground मा बिहान ८.३० बजे बाट सुरुहुने प्रतियोगितामा महिला,पुरुष तथा प्रौढ भलिबल प्रतियोगीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अवधिमा खेलाडी तथा खेलप्रेमी दर्शकहरूलाई मनोरन्जनको लागि विभिन्न सांगीतिक प्रस्तुतिहरु समावेश गरिने छ नेपालको अत्यन्तै पुर्ख्यौली खेल छेलो प्रतियोगिता समेत समावेश गरिएको छ । 

 

प्रतियोगिताका लागि Entry Fee क्रमश: छेलो £२०, प्रौढ £१५० महिला £१३० पुरुष £१८० राखिएको छ भने विजयी खेलाडीलाई क्रमश: छेलो £२५०, प्रौढ तर्फ उपविजेता टिमलाई £६०० र विजेता टिमलाई £१००० महिला तर्फ उपविजेता टिमलाई £६०० र विजेता टिमलाई £९०० र पुरुष तर्फ उपविजेता टिमलाई £१००० र विजेता टिमलाई £१६००, ट्रफी र रनिङशिल्डले पुरस्कृत गरिनेछ । यो पुरस्कार नेपाली समुदाय बिच भएको भलिबल प्रतियोगिताको सबैभन्दा ठूलो धन राशिको पुरस्कार रहनेछ। मोना युकेद्वारा आयोजना गरिएको यो प्रतियोगिताको संयोजक भने संस्थाका उपाध्यक्ष पदम (सुन्दर) गर्बुजाले गर्ने भएको छ । 

 

प्रतियोगिता समापन पश्चात दिनभरि खेल खेलेर थाकेका खेलाडीहरु र खेलप्रेमी दर्शकहरूको थकान मेटाउनका लागि My UK टिमले After Party को व्यवस्था गरेको छ। अल्डरसटकै एम्पार हलमा रातिको ९.०० बजे देखि बिहान ३.०० बजसम्म सञ्चालन हुने After Party मा बेलायतकै चर्चित ब्याण्डहरु दाजुभाई ब्याण्ड र प्राज्न ब्याण्डको साथमा ईलिना गुरुङको बेजोड प्रस्तुती रहनेछ, भने एस. काजी को डिजेमा झम्न सक्नुहुनेछ । एड्भान्स टिकट बुकिङको लागि मोना युथ भलिबल क्लबका उपाध्यक्ष तारा गर्बुजामगरलाई 07848155972 मा सम्पर्क गर्न सक्नुहुनेछ ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?