Saturday July 02, 2022

गैर आवासीय नेपाली संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

८ असार, २०७९ शीतलपाटीन्युज डटकम। 2850


गैर आवासीय नेपाली संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

GNNNEWS-

काठमाण्डौ। गैर आवासीय नेपाली संघले  गैर आवासीय नेपाली संघको हलमा राष्ट्रीय आविष्कार केन्द्रलाई १२,८७५८०.४७ (बाह्र लाख सतासी हजार पाँचसय असी रुपैयाँ सर्चालिस पैसा) हस्तान्तण गरेको छ। गैर आवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुन लाई सो रकम बराबरको चेक हस्तान्तण गर्नुभयो।

कार्यक्रममा बोल्दै  महावीर पुनले एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा जाने भएकाले त्यसको ५ प्रतिशत नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने,देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनुभयो। 

 

त्यस्तै राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्ने जोड दिनुभयो। त्यस्तै गैर आवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले थपे।मन्तव्यको क्रममा एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघले कमिटमेन्ट गरेको रकम हस्तान्तरण गर्न पाउँदा सिंगो गैर आवासीय नेपाली खुसी भएको बताए।

त्यस्तै विदेशमा सिकेको  ज्ञान ,सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको उनको ठहर छ त्यस्तै  एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्र लाई हरदम सहयोग गर्न तयार भएको बताए। सो रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?