Thursday June 01, 2023

एनआरएन यूकेले लण्डनमा नेपालका पूर्वमन्त्री तथा सांसद सँग लाईभ अन्तरकृया गर्ने

९ असार, २०७९ शीतलपाटीन्युज डटकम। 3720


एनआरएन यूकेले लण्डनमा नेपालका पूर्वमन्त्री तथा सांसद सँग लाईभ अन्तरकृया गर्ने

शीतलपाटीन्युज डटकम।

लन्डन । गैर-आवासीय नेपाली संघ(एनआरएनए) यूकेले बेलायत भ्रमणमा रहेका नेपाली राजनितिक प्रतिनिधि मण्डलसँग विशेष भेटघाट तथा अन्तरकृया कार्यक्रम गर्ने भएको छ ।

बेलायतको संसदीय ट्रेजरी कमिटी सम्बन्धी अवलोकन गर्न बेलायत आएका पूर्वमन्त्री तथा सांसद डा. मिनेन्द्र रिजाल,पूर्व मन्त्री तथा सांसद सुरेन्द्र पाण्डे, सांसद प्रमिला राई, सांसद जयकुमार राई, सांसद कृष्णप्रसाद दाहाल, सांसद पदम गिरी र सांसद कुलप्रसाद नेपाल संग संयुक्त रुपमा एनआरएनए युकेले अन्तरकृया गर्न लागेको अध्यक्ष प्रेम गाहा मगरले बताए।

एनआरएनए यूकेले उनीहरुको बेलायत भ्रमणलाई नेपाल सरकार र व्यवस्थापिका संसदलाई आफ्ना कुराहरु राख्ने अवसरको रुपमा लिंदै अन्तरकृया कार्यक्रमको आयोजना गरेको हो।

सो कार्यक्रमको संयोजकको जिम्मेवारी एनआरएनए यूकेका उपाध्यक्ष साथै नेपाली नागरिकता अभियान विभागका संयोजक समेत रहेका मोहन कार्कीलाई दिइएको छ ।

अन्तरकृया तथा भेटघाट कार्यक्रममा एनआरएनए यूकेको तर्फबाट राजनितिक प्रतिनिधि मण्डल समक्ष ज्ञापन पत्र समेत बुझाइने बताइएको छ । ज्ञापन पत्रमा विशेष गरी गोर्खाहरुको मुद्दा र प्रवासमा रहेका नेपालीहरुको नागरिकता सम्बन्धी कुरा उठाइने महासचिव महासचिव खुशी लिम्बुले बताए ।

कार्यक्रम स्थान र समय:

मिति: भोलि शुक्रवार जुन २४

साँझ ७ बजे

एनआरएनए यूके

कार्यलय अल्डरसट,



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?