९ असार, २०७९
शीतलपाटीन्युज डटकम।
लन्डन। आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) यूकेले समाचार लेखन बारे तालिम आयोजना गर्ने भएको समाचार छ। बेलायतका जनजाति पत्रकारहरुलाई अझ बढी प्रभावकारी रूपमा समाचार लेखन साथै संस्थाका मिडियामा आबद्ध हुनेहरुलाई पनि फोनिज बेलायतले समाचार लेख्न सिकाउने भएको हो।
आइतबार २६ जूनमा भर्चुअल जुम माध्यमबाट कार्यशाला चलाउन लागिएको अध्यक्ष गोमा राना मगरले बताउनु भयको छ । कार्यशाला बिहान १० देखि मध्यानह १२ बजेसम्म सञ्चालन हुने उहाले बताउनु भयको छ। कार्यशालामा सहभागी संस्थाका प्रतिनिधिलाई समाचार कसरी लेख्ने भन्ने बारे अभिमुखीकरण तालिम दिइने बताइएको छ ।
कार्यशालामा मुख्य प्रस्तोता फोनिजका सल्लाहकार एवम् वीनेपालीका सम्पादक नरेश खपांगीमगर रहनु हुनेछ । व्यवसायिक पत्रकारितामा दुई दशक लामो अनुभव संगालेका खपांगीमगरले नेपालमा रहंदा गोर्खापत्रसहितका कयौं प्रतिष्ठित राष्ट्रिय मिडियामा काम गरि सक्नु भयको र अनुभव हासील गर्नु भयको छ । उहा नेपाल पत्रकार महासङ्घ यूकेका पूर्व अध्यक्ष समेत हो।
‘बेलायतको जनजाति समुदायका पत्रकारितामा रुचि राख्नुहुनेहरुलाइ प्रोत्साहन गर्ने र धेरै भन्दा धेरै जनजाति पत्रकारको सङ्ख्या बढाउने फोनिजको मुख्य उद्देश्य रहेको छ,’सचिव लीला सेलिङ माबोले जनाउनु भयको छ । उहाले कार्यक्रममा सहभागी हुने आफ्ना प्रतिनिधिको नाम २४ जून शुक्रबारभित्र शाखालाई जानकारी गराउन पनि संस्थाहरुलाई आग्रह गर्नु भयको छ।