Sunday November 27, 2022

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा २०९औ भानु जयन्तीको अवसरमा पुस्तक बिमोचन,स्रष्टा सम्मान तथा कविता बाचन कार्यक्रम सम्पन्न

१० असार, २०७९ शीतलपाटीन्युज डटकम। 3309


विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा २०९औ भानु जयन्तीको अवसरमा पुस्तक बिमोचन,स्रष्टा सम्मान तथा कविता बाचन कार्यक्रम सम्पन्न

शीतलपाटीन्युज डटकम।

काठमाडौं। विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले ०७९/०३/०४गते शनिबारको दिन २०९औं भानु जयन्ती विभिन्न कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ। उक्त अवसरमा श्रष्टा हर्क याक्सोको निबन्ध कृति जीवन एक परिभाषा अनेकको विमोचन भयो। श्रष्टाहरु राजन प्रसाद न्यौपाने, सरस्वती गौतम,संगीतकार हरिशरण शायमी र बाल कथाकार निर्मला बराललाई सम्मान गरियो। कार्यक्रममा गीत सार्वजनिक एवम विभिन्न श्रष्टाहरुद्वारा सुन्दर सृजनाहरु वाचित भए।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति के के कर्माचार्यले विविध बिषय अनि शिर्षक दिएर संस्थाले यति महत्वपूर्ण अनि भव्य कार्यक्रम गरेकोमा आफुलाई हर्ष लागेको कुरा व्यक्त गर्दै आदिकविको २०९ औं जन्म जयन्तिको पावन अवसरमा विशिष्ट व्यक्तिहरुको उपस्थितिमा भएको कृति विमोचन,श्रष्टा सम्मान र सृजना वाचन कार्यक्रम आफैमा सुन्दर पक्ष भएको र यसले भाषिक उत्थानमा ठूलो टेवा पुग्ने कुरा बताउनु भयो।

संस्थाका अध्यक्ष एवम कार्यक्रमका सभापति गोपीकृष्ण प्रसाइले उपस्थित सम्पूर्ण अतिथिहरु एवम साहित्यप्रेमी महानुभावहरुलाई हार्दिक स्वागत गर्नु भयो। वहाँले हर्क याक्सोको कृति जीवन एक परिभाषा अनेकका सबल पक्षहरुको चर्चा गर्दै लेखकको साधनाको तारिफ गर्नु भयो। प्रसाईले याक्सो दुर दराजको तपस्यारत कर्मयोगी भएको टिप्पणी गर्नु भयो।त्यस्तै प्रसाईले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा अनि साहित्यको विराट व्यक्ति भएको र उनले रामायण अनुवादको अलवा अरु मौलिक कृतिहरु सृजना गरेर नेपाली भाषा,साहित्य संस्कृति, चेतनाको विकास अनि भाषिक उन्नयनमा अतुलनीय योगदान दिएको कुरा बताउनु भयो। पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे भने नेपालको भाषिक, सांस्कृतिक एकीकरण भानुभक्त आचार्यले गरेको भन्दै भक्ति धाराको माध्यम द्वारा नेपाली साहित्यको आयतन अनि उचाईलाई अत्यन्तै व्यापक बनाउने आदिकवि नेपाली भाषा, साहित्यका मानस पिता हुन् भन्दै उहाँले आफ्नो स्पष्ट दृष्टिकोण राख्नु भयो।

विमोचित कृति जीवन एक परिभाषा अनेक कृति माथि समीक्षा प्रस्तुत गर्ने शिलशिलामा डा। फणीन्द्रराज निरौलाले आफ्नो अभिमत राख्दै निबन्ध आत्मपरक अनि वस्तुपरक हुन्छन् – लक्ष्मी प्रसाद देवकोटाका निबन्धहरु आत्मपरक अनि समका निबन्ध वस्तुपरक हुन अनि हर्क याक्सोको यो निबन्ध कृति वस्तुपरक हो भनेर टिप्पणी गर्नु भयो साथै वहाँले हर्क याक्सोको कृतिमा विविध विषय वस्तुको सुन्दर अनि जानकारीमुलक प्रस्तुति रहेको,शिक्षा,दर्शन,मनोविज्ञान,राजनिति अनि भाषा, साहित्य संग सम्बन्धित धेरै विषय बस्तुहरु समेटिएकोले यस्तो उपयोगी पुस्तक तयार गर्ने सर्जकलाई हार्दिक प्रसंसा गर्दै कृतिको सफलताको कामना समेत गर्नु भयो।

 

कृतिकार हर्क याक्सोले आफ्नो मन्तव्य दिने क्रममा विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आफ्नो कृति विमोचन गर्ने वातावरण मिलाइदिएकोमा संस्थालाई धेरै धेरै धन्यवाद दिनु भयो। मन्तव्यकै क्रममा याक्सोले समाजलाई केही दिएर, समाज सेवा गरेर जीवनको सार्थकता खोज्नु पर्ने कुरा अर्थ्याउनु भयो साथै आफुले यो कृति मार्फत जीवनका अनेकौं अवस्था,दर्शन, राजनिती अनि सिद्धांतका विविध पाटाहरुलाई सरल रुपमा पाठकहरु सामु राखेको र यो कृति सबै वर्ग अनि तप्काका हृदयमा प्रवेश गर्न सकोस् भन्ने आफ्नो अभिलाषा रहेको बताउनु भयो।

 

यसै गरि संस्थाले साहित्यकार द्वय राजन न्यौपानेर सरस्वती गौतम,समृध्दि०लाई विश्व नेपाली भानु शिखर सम्मान २०७९,बाल साहित्यकार निर्मला बराललाई विश्व नेपाली भानु शिखर सम्मान २०७९ र संगीतकार हरिशरण सायमी लाई विश्व नेपाली भानु शिखर संगीत सम्मान २०७९ द्वारा सम्मान गरेको छ। संस्थाकी वरिष्ठ उपाध्यक्ष एवं प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित श्रष्टाहरुको परिचय प्रस्तुत गर्नु भएको थियो, वहाँले साहित्य एवम संगीतमा निरन्तर साधनरत श्रष्टालाई सम्मानित गर्न पाउँदा संस्था गौरवान्वित भएको अभिमत राख्दै सम्मान पत्रहरु पढेर सुनाउनु भएको थियो ।सम्मानित श्रष्टाहरुको तर्फ बाट आफ्ना उम्दा विचारहरु राख्दै साहित्यकार राजन प्रसाद न्यौपाने र हरिशरण सायमीले संस्थाले सम्मान गरेर आफुहरुलाई अझ राम्रा कामहरु गर्दै अघि बढ्न झक्झक्याएको कुरा अभिव्यक्त गर्नु भएको थियो।

 

कार्यक्रममा पूर्व सभासद एवम नेकपा माओवादी केन्द्र,जेष्ठ कम्युनिष्ट मन्चका अध्यक्ष नन्दकुमार प्रसाईं, पूर्व रा.पं,स दीर्घराज प्रसाईं,पूर्व निर्वाचन आयुक्त एवम राजदूत डा रामभक्त ठाकुर,पूर्व राजदूत प्रह्लादकुमार प्रसाईं,पूर्व राजदूत टंक कार्की,वरिष्ठ कलाकार,रंगकर्मी एवम समाजसेवी मदनदास श्रेष्ठ,प्राज्ञ डा उषा ठाकुर,विराटनगर महानगरपालिकाका पूर्व प्रधानपन्च ध्रुबनारायण श्रेष्ठ,घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, कामनपा २९ का अध्यक्ष कुश ढकाल,प्रसाईं कल्याणकारी कोष केन्द्रिय कार्य समितिका उपाध्यक्ष श्रीकृष्ण प्रसाईं, अनेसासका पूर्व केन्द्रिय अध्यक्ष एवम गीतकार ज्ञानेन्द्र गदाल,जेष्ठ नागरिक आमा दिलमाया श्रेष्ठको बिशेष अतिथिको रुपमा सारगर्भित उपस्थिति रहेको थियो ।

 

विशेष अतिथिको तर्फ बाट बोल्दै नन्दकुमार प्रसाईले छोटो समयमा गुणस्तरीय कार्यक्रम गर्ने विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको तारिफ गर्दै श्रष्टा हर्क याक्सोले दुर्गम ठाउँमा बसेर पनि साहित्य क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नु भयो।प्रसाईले याक्सो राष्ट्रिय प्रतिभाको रुपमा उदाएको कुरा व्यक्त गर्नुभयो। प्रसाईले आदिकविले भाषा, साहित्यमा दिएको बिशिष्ट योगदानको पनि चर्चा गर्नु भयो।बिशेष अतिथि डा। रामभक्त ठाकुरले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले साहित्यलाई उठाउने,साहित्यकारलाई एक ठाउँमा राख्ने, चिन्तन गर्ने काम गरेकोमा मुक्त कन्ठले प्रशंसा गर्नु भयो।

 

अर्का विशेष अतिथि मदनदास श्रेष्ठले समाजका विकृति विसंगतिहरुलाई पखाल्ने अस्त्र साहित्य हो, यो संस्थाले यस्तो महत्वपूर्ण कार्यमा ध्यान दिंदै आफ्नो गतिविधि गरिरहन सकोस् भन्दै शुभेच्छा प्रकट गर्नु भयो।त्यसै गरि विशेष अतिथि ज्ञानेन्द्र गदालले पनि संस्थाका सुन्दर कार्यहरुको प्रशंसा गर्दै शुभकामना व्यक्त गर्नु भयो१

कार्यक्रममा धेरै संघ,संस्थाका प्रतिनिधि,पूर्व प्रसाशक,शिक्षक, पत्रकार, समाजसेवी एवम सर्जकहरुको उपस्थिति रहेको थियो।अतिथिको रुपमा पाल्नु हुने महानुभावहरु क्रमस पूर्व जिशिअ खगेन्द्र प्रसाईं, सरस्वती हांगपांग९ताप्लेजुङ०का पूर्व प्रधानाध्यापक हर्कशेर आंगबुहांग,विजय स्मारक मावि९काठमाण्डौ० का पूर्व प्रधानाध्यापक सोम निरौला,आरम्भ साहित्यिक संस्थाका अध्यक्ष प्रेम ओली ढकलपुरे,जेष्ठ नागरिक कामपा(२९ का अध्यक्ष ध्रुब केसी,घट्टेकुलो विकास समाजका उपाध्यक्ष प्रवीण ओझा,सामुदायिक सेवा केन्द्र,सामुदायिक प्रहरी सेवा घट्टेकुलोका सहसचिव ध्रुब प्रसाईं, राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य ध्रुबराज तिवारी,कामनपा(२९ वडाका सदस्य अनिल बाबु श्रेष्ठ,संगीतकार एवम गायक जीवन श्रेष्ठ,ताप्लेजुङ सरोकार केन्द्रका उपाध्यक्ष टंक श्रेष्ठ,प्रसिद्ध लेखक एवम इतिहासकार राजेश्वर थापा,भानु मावि९ताप्लेजुङ०का पूर्व प्रधानाध्यापक तुलाराम गुरुङ,राजनीतिज्ञ एवम समाजसेवी दंगध्वज खोयाहाङ,साहित्यप्रेमी एवम समाजसेवी कृष्णमान श्रेष्ठ,साहित्यकार एवम समाजसेवी खोमदत्त बराल,याक्सो एकता समाजका अध्यक्ष बिष्णु कुमार याक्सो,सरस्वती मावि हांगपांग९ताप्लेजुङ०का पूर्व शिक्षक तक्दिरराज प्रसाईं,समाजसेवी एवम साहित्य अनुरागी बिजेन प्रधानांग,पूर्व प्राज्ञ माधव प्रधान,पत्रकार घनश्याम ओली,कवि एवम साहित्यकार मुकुन्द प्रसाईं, साहित्यकार डिआर राई,पूर्व शिक्षक एवम समाजसेवी शान्ति हेजु, नोबेल साकोस साहित्य संस्थाकी महासचिव सुशीला ढकाल अधिकारी लगायतका हुनुहुन्थ्यो।

 

त्यसै गरि कार्यक्रममा संस्थाका सदस्यहरु क्रमस सल्लाहकार किशोर उप्रेती,उपाध्यक्ष तेजेन्द्रकुमार प्रसाईं,सचिव कोपिला शिवाकोटी,सह कोषाध्यक्ष बिनोद्कुमार श्रेष्ठ,बरिष्ठ सदस्यहरु क्रमस राधिका दाहाल, कल्पना प्रसाईं पाठक,तिर्थराज दाहालको सारगर्भित उपस्थिति रहेको थियो। संस्थाका अजीवन एवम सक्रिय सदस्यहरु क्रमस सीता प्रसाईं,कमल प्रसाईं,सीता अर्चना पौडेल,रश्मि रिमाल,नरहरि खरेल, भिष्मराज थपलिया, पवन कुमार प्रसाईं, आयुब बांस्तोला आदिको पनि सारगर्भित उपस्थिति रहेको थियो।

 

कार्यक्रममा साहित्यकार शान्ति याक्सो वन,बुद्धि आचार्य,ऐश्वर्य श्रेष्ठ, अमन दास, दुर्गा मैनाली,देबीदास भट्टराई,युवराज पौडेल,राम घिसिङ, बिष्णु शर्मा पौडेल, लोकनाथ पौडेल,खेम गौतम,निता खड्का, लोकराज जोशी,सुशिला केसी, डा।धिरज प्रसाईं,प्रनिता मिश्र प्रसाईं,साहित्यकार कल्पना अधिकारी आदिको पनि सक्रिय उपस्थिति रहेको थियो ।यसै कार्यक्रममा संस्थाकी वरिष्ठ उपाध्यक्ष लक्ष्मी उप्रेतीको गीत “बेनामी सर्त मीठो”स्क्रीनबाट सार्वजनिक गरियो, हरिशरण सायमीको संगीत रहेको उक्त गीतमा प्रशान्त सुवेदी र रत्न शोभा महर्जनले आफ्नो स्वर दिनु भएको थियो।

 

कोपिला शिवकोटीले नेपाली हामी रहौंला कहाँ भन्ने गीतमा आफ्नो स्वर दिनु भएको थियो। त्यसै गरि सृजना वाचन गर्ने श्रष्टाहरु क्रमस कल्पना प्रसाईं पाठक,कल्पना अधिकारी,सीता अर्चना पौडेल,शुभम दाहाल र मुकुन्द प्रसाई हुनुहुन्थ्यो। कार्यक्रममा प्रमुख अतिथि केके कर्माचार्य, कृतिकार हर्क याक्सो र पुस्तक समिक्षक फणीन्द्रराज निरौला लगायत संस्थाको बृहत् हितमा काम गर्ने व्यक्तिहरु,सर्जकहरु अनि सृजनशील व्यक्तिहरुलाई संस्थाले मायाको चिनो प्रदान गरेको छ जसमा किशोर उप्रेती,तेजेन्द्र प्रसाई,दुर्गा सिटौला,कल्पना प्रसाई पाठक,कोपिला शिवाकोटी, बिनोदकुमार श्रेष्ठ,तिर्थराज दाहाल,पवन कुमार प्रसाईं, सीता अर्चना पौडेल,कल्पना अधिकारी,धिरज प्रसाईं, प्रनिता मिश्र प्रसाईं,शान्ति याक्सो वन,आयुव बांस्तोला,रत्न शोभा महर्जन,प्रशान्त सुवेदी,नवीन पन्त,लोकराज जोशी आदि हुनुहुन्छ। कार्यक्रमलाई संस्थाकी आजीवन सदस्य सीता अर्चना पौडेलले सहज अनि सुन्दर रुपमा सन्चालन गर्नु भएको थियो।

 

कार्यक्रम बिहान ९ बजे देखि निरन्तर चलेको थियो कार्यक्रममा ठूलो संख्यामा साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो। संस्थाका सल्लाहकार किशोर उप्रेतीले सबै उपस्थिति महानुभावहरुलाई धैर्यताका साथ कार्यक्रममा साथ दिनु भएकोमा हार्दिक धन्यवाद दिंदै कार्यक्रमको बीट मार्नु भएको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?