Sunday August 14, 2022

प्रवासी नेपाली मञ्च यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी

१४ असार, २०७९ शीतलपाटीन्युज डटकम। 5276


प्रवासी नेपाली मञ्च यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी

शीतलपाटीन्युज डटकम।

स्कटलैण्ड। प्रवासी नेपाली मञ्च,यूकेको स्कटल्याण्ड क्षेत्रीय कमिटीको अध्यक्षमा जोनी पहारी निर्वाचित भयका छन्।त्यस्तैगरी उपाध्यक्षमा यज्ञमूर्ती ढकाल,सचिवमा निर्देशन त्रिपाठी,उपसचिवमा मोती खरेल, सदस्यहरुमा दिपक भट्टराई,कुलप्रसाद खत्री भयका छन। 

साथै सल्लाहकारहरुमा तोय सापकोटा,उद्धव भट्टराई,प्रवेश केसी चयन हुनुभएको छ। यहि जुन २७ मा स्कटल्याण्डको राजधानी एडिनवरामा आयोजित अधिवेशनले नया नेतृत्वको चयन गरेको हो। अधिवेशनमा प्रमुख अतिथि नेकपा एमालेका श्रद्धेय उपाध्यक्ष कमरेड सुरेन्द्र पाण्डे हुनुहुन्थ्यो भने विशेष अतिथीहरुमा नेपालबाट आउनुभएका नेकपा एमालेका नेता तथा प्रतिनिधीसभाका सदस्य कमरेडहरु मकवानपूरका माननीय कृष्णप्रसाद दाहाल,सुनसरी-१ का माननीय जयकुमार राई, पर्वतका माननीय पदम गिरी, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष भक्त गुरुङ र प्रवासी नेपाली मञ्च युकेका अध्यक्ष सुरेन्द्र थपलिया,वरिष्ठ उपाध्यक्ष तुंगभद्र भूषाल हुनुहुन्थ्यो। 

कार्यक्रममा प्रमुख अतिथी तथा विशेष अतिथीहरुलाई सम्मानसहित स्वागत गरिएको थियो साथै प्रमुख अतिथि तथा विशेष अतिथीहरुले नेपालको समसामयिक राजनीतिक परिस्थिती,प्रवासी नेपाली मञ्चको भुमिका र कर्तव्य र प्रवासी नेपालीहरुको चासोको विषयहरुमाथि प्रशिक्षणमूलक बिचारहरु राख्नुभएको थियो। नवनिर्वाचित अध्यक्ष लगायत सम्पूर्ण टिमलाई हार्दिक वधाई र कार्यसफलताको धेरै धेरै शुभकामना छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?