१५ असार, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालको अपार सफलता पछी ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको अर्को चलचित्र “ शिरसुबा “ अब यही सेप्टेमबर महिनामा यु.के को बिभिन्न ठाउमा भब्य प्रदर्शन हुँदैछ ।
बिदेसमा बसेर पनि आफ्नो गाउ- ठाउको ,भाषा -सन्स्कृतीको प्रबर्दन गर्ने उदस्यले निर्माण गरेको चलचित्र ब्यनरमा पहिलो चलचित्र “ भ्रे “ पनि देस-बिसेसमा धेरै दर्शकले मन पराइ दिनु भएको थियो। गाउको चलचित्र देखाएर आएको मुनाफा गाउमा नै दिने उदस्यले पहिलो चलचित्रबाट आएको मुनाफा घान्द्रुक गाउको साझा भवन “ रोधी क्लब भवन “ निर्माणमा सहयोग गरेको थियो। कोभिडको कारण फिल्म छेत्रमा ठुलो छ्यती पुर्याए पनि “शिरसुबा “ चलचित्रले नेपालमा राम्रो बजार लिएको थियो र “ शिर सुबा “ चलचित्रबाट आएको मुनाफा अन्नपूर्ण गाउपालीका -१०, घान्द्रुक गाउको श्री मेश्रम बाराह स्कुलको ११-१२ क्लास सन्चालन सहयोगर्था गरिनेछ।
सेप्टेमबर महिनाको ३ तारिक अल्डरसट स्थित पृन्सेस हलमा (Princes Hall ) बेलुकी ५ बजे सुरु हुने चलचित्र शिरसुबा, सेप्टेमबर ११ मा YorK को याक एन यती रेस्टुरन्ट ( Yak and Yeti) मा , १८ सेप्टेमबरमा प्लमस्टेड ( Plumstead ) र सेप्टेमबर 24 मा स्विन्डन (Swindon) मा प्रदर्शन हुँदैछ।
शिरसुबा यु.के प्रदर्शनको लागी पीपल मोर्गेजले प्रायोजन गर्नु भएको छ भने घान्द्रुक समाज यु.के,तमु धि यु.के,घोताने समाज यु.के र ग्रेटर रस्मुर नेपाली समाजले सहयोग गर्नु भएको छ।