Sunday August 14, 2022

राष्ट्रपतिसमक्ष चार राजदूतले लिए शपथ

१७ असार, २०७९ शीतलपाटीन्युज डटकम। 4595


राष्ट्रपतिसमक्ष चार राजदूतले लिए शपथ

शीतलपाटीन्युज डटकम।

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आज विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरुले पदथ तथा गोपनीयताको शपथ लिएका छन् ।

 

राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् । शपथ लिने राजदूतहरुमा डा नरेशविक्रम ढकाल (कतार), विष्णुपुकार श्रेष्ठ (चीन), कैलाशराज पोखरेल (अष्ट्रेलिया) र कान्ता रिजाल (इजरायल) छन् ।

 

समारोहमा परराष्ट्रमन्त्री डा नारायण खतिवडालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

(रासस)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?