Sunday August 14, 2022

नेपालमा लगानी गर्न उत्प्रेरणा गर्दै नेपाली राजदुताबास लण्डनमा सम्मेलन

१८ असार, २०७९ शीतलपाटीन्युज डटकम। 3031


नेपालमा लगानी गर्न उत्प्रेरणा गर्दै नेपाली राजदुताबास लण्डनमा सम्मेलन

शीतलपाटीन्युज डटकम।

लन्डन।नेपाली राजदूतावास लन्डन र ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको आयोजनामा बिहीबार नेपाली राजदूतावास लन्डनमा “नेपाल लागानी सम्मेलन” सम्पन्न भयको छ। सो सम्मेलनमा लगानीकर्ताहरुले आफूहरु नेपालमा लगानी गर्न उत्सुक रहेको धारणा व्यक्त गरेका छन। बेलायतका व्यावसायिक लगानीकर्ताहरुले हाल नेपालको अवस्था शान्तीपुर्ण रहेको र लगानी गर्न इच्छुक रहेको बताएका हो।

नेपालमा लागानी गर्ने सम्भावित लगानीकर्ताहरुलाई लक्षित गर्दै आयोजित सो कार्यक्रममा नेपाल लागानी बोर्डका कार्यकारी निर्देशक, बेलायतको आन्तरिक लागानी विभागका निर्देशक,नेपालमा लगानी गरिरहेका बेलायती कम्पनीका लगानीकर्ता लगायतले सम्बोधन गर्दै नेपाल नाफामूलक लगानीका लागि उपयुक्त गन्तव्य रहेको बताएका थिए। सम्मेलनमा विभिन्न सरोकारवाला कम्पनी तथा सरोकारवाला निकायका अधिकारीहरुले लगानी तथा प्रतिफलका तथ्यांकहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्ने क्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालमा राजनैतिक स्थायित्व कायम भएको बताउँदै लगानीको सम्भावनाहरु औंल्याउनु भयको थियो।

नेपाली राजदूतावास लन्डनकी उपनियोग प्रमुख रोशन खनालले सञ्चालन गरेको सो कार्यक्रममा राजदूत आचार्यले नेपाल सरकार नेपालमा वैदेशिक लगानीलाई सहज बनाउन क्रियाशील रहेको बताउंदै नेपाल आर्थिक सम्वृद्धिको दिशामा अघि बढेको जानकारी दिनु भएको थियो। उहाले लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आव्हान समेत गर्दै बेलायतको आन्तरिक व्यापार विभागका ‘मेनुफ्याक्चरिंग इनर्जी एन्ड इन्फास्ट्रक्चर’ का निर्देशक रोडनी ब्राक्लीले बेलायतबाट नेपालमा हुने लागानी दुवै देशका लागि फाइदाजनक रहेको बताएका थिए। उनले आफ्नो विभाग लगानीकर्ताहरुलाई सल्लाह सुझाव र सहयोगका लागि तत्पर रहेको पनि बताएका थिए।

कार्यक्रममा नेपाल लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्टले नेपाल वैदेशिक लागानी लागि उपयुक्त गन्तव्य रहेको र नेपालमा हाइड्रो,यातायात,सडक,कृषि,आइटी उत्पादन क्षेत्र भयको बताएका थिए। कार्यक्रममा लगानी बोर्डका सहसचिव अमृत लम्साल र उपसचिव रमेश अधिकारीले नेपालमा लागानी सम्बन्धि विस्तृत प्रस्तुति दिएका थिए। नेपाल लगानी बोर्डका कार्यकारीहरुले आगामी १० वर्षभित्र नेपालमा ५ वटा अन्तराष्ट्रिय विमानस्थल र वार्षिक ५ मिलियन पर्यटन भित्रयाउने लक्ष प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टका प्रमुख राजेश हिमानीले नेपालमा लगानीका चुनौतिको बारेमा,डोल्मा ईम्प्याक्ट फण्डका संस्थापक कार्यकारी अधिकृत टिम गोचरले नेपाल लगानीका लागि प्रशस्त सम्भावनाको बारे बताउदै उनले लगानीका लागि नेपाल विश्वकै सबैभन्दा आकर्षक गन्तव्य भएको समेत बताएका थिए।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले संबोधन गर्दै गैरआवासीय नेपालीहरुले हाइड्रो,बैंकिङ,स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गरेको बताउदै संघले नेपाल सरकारसंग सहकार्य गर्दै गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्ने वातावरण सृजना गरिरहेको बताउनु भयको थियो। सो कार्यक्रममा ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष विराज भट्टले कार्यपत्र प्रस्तुत गर्नु थियो।

नेपाली राजगुताबासको खचाखच भरिएको सभाहलमा बेलायतका विभिन्न क्षेत्रका लगानीकर्ता,व्यवसायिक कम्पनी आवद्ध पदाधिकारी, नेपाली व्वयवसायीहरु,बेलायतका लागि नेपाली पर्यटनदुत महन्त श्रेष्ठ, तमुधि युके अध्यक्ष हितकाजी गुरुड्ग,एबिआई कलेजका कृष्ण भट्ट,राजदुताबासका पदाधिकारीहरु,पत्रकारहरुमा नेपाल ब्रिटेन डटकमका चिरन शर्मा,सेतोपाटीका संबाददाता फणिन्द्र भट्टराई,जीएनएनन्युजका सम्पादक जगन कार्की, च्यानल लण्डनका सम्पादक एभरेष्ट गौतम,शीतलपाटीन्युजका सम्पादक बाचस्पति रेग्मी तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिति रहेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?