Sunday August 14, 2022

नेपाल प्रहरीका नवनियुक्त १७ डीआईजीलाई आईजीपी सिहद्वारा दर्जानी प्रदान

१९ असार, २०७९ शीतलपाटीन्युज डटकम। 9794


नेपाल प्रहरीका नवनियुक्त १७ डीआईजीलाई आईजीपी सिहद्वारा दर्जानी प्रदान

शीतलपाटीन्युज डटकम।

काठमाडौं। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह हालै बढुवा भएका १७ जना  प्रहरी नायब महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित एक समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

गृहमन्त्रालयको यही असार १७ गतेको निर्णयले प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षकमा बढुवा भएका बसन्तबहादुर कुवँर,टेकप्रसाद राई,अशोक सिंह,दीपक थापा,श्यामलाल ज्ञवाली,किरण बज्राचार्य,सन्दीप भण्डारी,सुदीप गिरी,मिरा चौधरी,टेकबहादुर तामाङ,उमेशराज जोशी,भिमप्रसाद ढकाल,रामदत्त जोशी,पोषराज पोखरेल,बुद्धिराज गुरुङ,दुर्गा सिंह (चन्द) र किरण राणालाई आईजीपी सिंहले दर्ज्यानी प्रदान गरेका हुन्।

समारोहमा आईजीपी सिंहले बढुवा भएका डीआईजीहरुलाई बधाई दिँदै बढुवापछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गरे।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू,प्रहरी नायब महानिरीक्षकहरू लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?