Sunday August 14, 2022

धम्पुस परिवार युकेको अध्यक्षमा कुमार गुरुड्ग निर्बिरोध चयन

२० असार, २०७९ शीतलपाटीन्युज डटकम। 7039


धम्पुस परिवार युकेको अध्यक्षमा कुमार गुरुड्ग निर्बिरोध चयन

शीतलपाटीन्युज डटकम।

लन्डन,२०२२। कास्कीको धम्पुस घर भै बेलायत आएर बसोबास गरेका नेपालीहरुको एउटा समुहको परिवार धम्पुस परिवार यूकेको अध्यक्षमा कुमार गुरुङ सर्वसम्मत चयन भएको समाचार छ। अल्डरसटस्थित एम्पायर हलमा जुलाई ३ तारिख आइतबार भएको १४ औं वार्षिक साधारणसभा तथा छैटौं अधिवेशनले कुमार गुरुङलाई अध्यक्ष पदमा चयन गरेको हो। पुर्व अध्यक्षहरु देबबहादुर गुरुङ,दयमल गुरुङ, अमरसिंङ गुरुङ र इन्द्रनारन गुरुङले अध्यक्षता गरिसकेको धम्पुस परिवार यूकेको नेतृत्वमा कुमार गुरुड्ग पुगेका छन। 

हिजो निर्वाचित धम्पुस परिवार यूकेको प्रथम उपाध्यक्षमा धन गुरुङ, दोस्रो उपाध्यक्षमा अमर गुरुङ,महासचिवमा गोलमान गुरुङ,सचिवमा रबि गुरुङ,कोषाध्यक्षमा राजेन गुरुङ, सहकोषाध्यक्षमा अर्जुन गुरुङ चयन भएको निर्वाचन समितिले जनाएको छ। त्यसैगरी कार्यसमिति सदस्यहरुमा अमर गुरुङ र कुमार गुरुङ चयन भएका छन्।

पहिलो चरणको वार्षिक साधारणसभामा परिवारको कोषाध्यक्ष अशोककुमार गुरुङले आर्थिक प्रतिवेदन र महासचिव गोलमान गुरुङले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। अत्यन्तै सौहार्द्रपूर्ण वातावरणमा सञ्चालन भएको वार्षिक साधारणसभा तथा अधिवेशनमा सदस्यहरुले परिवारको सर्वोपरी हित र भावी कार्यक्रमका निम्ति सकारात्मक सुझावहरु दिँदै हालसम्मका गतिविधिप्रति सबै जनाले खुसी प्रकट गरेर पाँचौ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरुलाई धन्यवाद दिएका थिए। पहिलो चरणको अन्तमा अध्यक्ष इन्द्र नारन गुरुङले धन्यवाद मन्तव्य राख्दै पाँचौ कार्यसमितिको पदावधि समाप्त भएको घोषणा गरेका थिए।

दोस्रो चरणमा परिवारको छैटौं कार्यसमिति छनौट गर्न निर्वाचन मण्डललाई जिम्मेवारी दिइएको थियो। निर्वाचन समितिका अध्यक्ष ले. रि.ललित गुरुङ,संरक्षक गुप्तबहादुर गुरुङ र पूर्वअध्यक्ष एवं सल्लाहकार अमरसिंङ गुरुङले छैटौं कार्यसमिति सर्वसम्मतले निर्वाचित भएको घोषणा गरेका थिए। निर्वाचन परिणाम घोषणापश्चात् निर्वाचन समितिका संयोजक रि ले ललित गुरुङले निर्वाचनमा उत्साहजनकरुपमा सहभागी भई सफल बनाइदिएकोमा आभार प्रकट गर्दै सबैलाई धन्यवाद दिएका थिए।

नया निर्वाचित धम्पुस परिवार यूकेका अध्यक्ष कुमार गुरुङले सर्वसम्मत परिवारको अध्यक्ष पदमा निर्वाचित पाएकोमा खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिएका थिए। कुमार गुरुङ सहारा यूकेका निवर्तमान अध्यक्ष, कोने/घोताने/ घोण्डे समाज यूकेका उपाक्ष्यक्ष र तमुधिं यूकेका सल्लाहकार पनि हुन्। नवनिर्वाचित अध्यक्ष कुमार गुरुङ यसअघि धम्पुस परिवार यूकेका प्रथम उपाध्यक्ष थिए।

(श्रोतः गोर्खा मिडीया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?