Sunday August 14, 2022

ग्रेटर रसमोर नेपाली कम्युनिटीको सांगीतिक साँझ सम्पन्न

२८ असार, २०७९ शीतलपाटीन्युज डटकम। 2826


ग्रेटर रसमोर नेपाली कम्युनिटीको सांगीतिक साँझ सम्पन्न

शीतलपाटीन्युज डटकम।

लण्डन। ग्रेटर रस्मूर नेपाली कम्युनिटी (जीआरएनसी)ले शनिबार इम्पायर हल अल्डरसटमा सांगीतिक साँझ आयोजना सम्पन्न गरेकोछ।

उक्त साँझमा जीआरएनसीको निमन्त्रणामा नेपालबाट आउनु भएका कलाकारहरु हाँस्य कलाकार निर आले,नृत्यांगना रीना थापा मगर, दोहारी गायिका शान्ति रानी परियार र दोहारी गायक रनबहादुर थापा (बिलन) ले प्रस्तुत गर्नुभएको थियो ।

औपचारिक कार्यक्रमका सदस्य सुष्मा गुरुङले संचालन गर्नुभएको थियो भने कार्यक्रम संयोजक उपाध्यक्ष उत्तरबहादुर गुरुङले हेल्थ एन्ड सेफ्टी र स्वागत मन्तब्य राख्नु भयको सो कार्यक्रममा अध्यक्ष मान गुरुङले भिक्तोरिया डेमा भाग लिने संस्थाको प्रमुखहरुलाई सर्टिफिकेट र आगन्तुक अतिथि कलाकारहरुलाई फूलको गुच्छा दिनुभएको थियो। 

कलाकार रिना थापा मगरले पनि मायाको चिनो अध्यक्ष मान गुरुङलाई दिनु भएको थियो। त्यसैगरी साँस्कृतिक कार्यक्रम संचालक साँस्कृतिक सहसचिव बिमल गुरुङ,टिकटमा कोसाध्यक्ष श्याम श्रेष्ठ र जगना गुरुङ हल प्रयोजन पुरन गिरि,राजकुमार गुरुङ,नारायण गिरि डिजेमा गोल्डी, फोटोग्राफी इजरा श्रेष्ठ,सेक्युरिटीमा भुवानीप्रसाङ्ग गुरुङ र उपाध्यक्ष लीला सेलिङ्ग माबो लगायतले सहयोग पुर्याउनु भएको थियो।

भब्य भयको उक्त कार्यक्रमबाट बचेको रकमले अत्यावस्यक मानवीय सहयोगमा खर्चिने छ। वृद्ध बाबाआमाहरुलाई आधा डिस्काउन्ट गरी संचालन भयको सो कार्यक्रम मनोरन्जनात्मक थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?