Monday November 28, 2022

मिडल्याण्डमा ग्लोबल आईएमई बैकले गर्यो डलर एकाउन्ट सम्बन्धी- अन्तरकृया कार्यक्रम

२८ असार, २०७९ शीतलपाटीन्युज डटकम। 5808


मिडल्याण्डमा ग्लोबल आईएमई बैकले गर्यो डलर एकाउन्ट सम्बन्धी- अन्तरकृया कार्यक्रम

शीतलपाटीन्युज डटकम।

हिजो मिति ११ जुलाई २०२२ सोमवार, श्रृजनशील लेष्टर समाजको संयोजनमा बेलायतको लेसेष्टर शहरमा ग्लोबल आईएमई बैंकले गैर आवासिय नेपालीका लागि डलर एकाउन्टसम्बन्धी अन्तरकृया कार्यक्रम आयोजना गरेको छ। समस्त मिडल्याण्डवासीलाई कभर हुने गरी मिडल्याण्डको केन्द्र पर्ने लेसेष्टर शहरमा सम्पन्न उक्त अन्तरकृया कार्यक्रममा मिडल्याण्डका सबैजसो क्षेत्रका सामाजिक अभियन्ताहरु, समाजका अध्यक्ष एवं पदाधिकारीहरु,व्यवसायीहरुको बाक्लो उपस्थिति थियो।

औपचारिक रुपमा चलेको कार्यक्रमको अध्यक्षता श्रृजनशील लेष्टर समाजका अध्यक्ष श्री नारायण फूयालले गरेका थिए। कार्यक्रमका प्रमूख अतिथि ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र विशेष अतिथि बैंकका सि.ई.ओ. रामचन्द्र बज्राचार्य नेपालदेखि आएका थिए। निर्देशक चन्द्र ढकालले बैंकले बिदेशमा बस्ने नेपालीहरुको हितमा हुने गरे हालै मात्र नेपाली सरकारले दिएको गैर आवासिय नेपालीलाई डलर एकाउन्ट खोल्न पाउने सुविधालाई ग्लोबल आईएमई बैंकले तिब्र रुपमा कार्यान्वयनमा ल्याएको र उनीहरुलाई नेपालमा शेयर लगानी, उद्योग, जलबिद्युत, केवल कार लगायतका क्षेत्रमा लगानीको ढोका खोलिसकेको बताए। चन्द्रागिरी केवल कारका समेत निर्देशक रहेका ढकालले नेपालका सातै प्रदेशमा केवल कार खोल्ने र सबै गैर आवासिय नेपालीलाई त्यसमा लगानी सहित आवद्ध हुन अपिल पनि गरे।

बैंकका सि.ई.ओ.ले नेपालमा लगानी सम्भाव्यताबारे प्रकाश पार्दै ग्लोबल आईएमई मार्फत तपाईहरुले सुरक्षित र नाफा मूलक लगानीमा भागिदार बन्न आमन्त्रण गरे।बैंकले यसअघि नै बेलायतको अल्डरसटमा शाखा कार्यालय खोलिसकेको आफ्नो सेवा चलाईसकेको पनि शाखाका प्रतिनिधि अमित चालिसेले बताए। बैंकले दिने सुविधाका बारेमा प्रकाश पार्दै चालिसेले खातावालालाई भिजा कार्ड, रिण सुविधा एवं बेलायतको खातामा रहेको आफ्नो पैसा नेपालमा प्रयोग गर्न सकिने बताए। बेलायतस्थित आईएमई प्रोमोटर एवं समाजसेवी कमल पौडेलले पनि बैंकले दिने सुविधाबारे प्रकाश पारेका थिए।

कार्यक्रममा अतिथि एवं संयोजन टिममा रहेका श्रृजनशील लेष्टर समाजका भुतपूर्व अध्यक्ष, एनआरएन युरोप उपसंयोजक दयानिधि सापकोटाले कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य दिएका थिए भने सामाजिक अभियन्ता एवं नटिंघम नेपाली समाजका संस्थापक अध्यक्ष रण बहादुर खाती एनआरयन आईसिसि एवं साझा नेपाली समाजका निवर्तमान अध्यक्ष महेश अधिकारीले पनि आफ्नो मन्तव्य दिएका थिए।

औपचारिक कार्यक्रमको समाप्ती गर्दै कार्यक्रमका सभापति एवं श्रृजनशील लेष्टर समाजका अध्यक्ष नारायण फूयालले  आइ यमी बैंकले मिडल्याण्डमा कार्यक्रमको आयोजना गर्न लेसेष्टरलाई चुनेकोमा हार्दिक धन्यवाद दिँदै सहयोगी सबैप्रति आभार प्रकट गरे।  कार्यक्रमको संचालन समाजका महासचिव पुन्डरी अर्यालले गरेका थिए कार्यक्रम उपस्थित बव्यसायी हरु बाट राखियका प्रश्न हरु र जिज्ञासा हरू को उतर आइ यमी बैंक का पदाधिकारी बाट दिएको थियो।


औपचारिक कार्यक्रम पश्चात रमाईलो सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। हाल नेपालबाट बेलायतमा रहेका राष्ट्रिय कलाकारद्धय अस्मिता डल्लाकोटी र विशाल रायमाझीले धमाकेदार प्रस्तुती दिएर सबैलाई नचाएका थिए। हेरिटेज ईण्डियाले उपलब्ध गराएको स्वादिष्ट नेपाली खाना र रमाईलो साँस्कृतिक कार्यक्रम दिउँसो २ बजेदेखि शुरु भएर राती १० बजेसम्म चलेको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?