Sunday August 14, 2022

आरोही निर्मल पुर्जाको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन

३१ असार, २०७९ शीतलपाटीन्युज डटकम। 2852


आरोही निर्मल पुर्जाको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन

शीतलपाटीन्युज डटकम।

काठमाडौं। कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जामाथि नेटफ्लिक्सले निर्माण गरेको चर्चित डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ टेलिभिजनतर्फको ओस्कार अवार्ड मानिने एमीमा मनोनयन भएको छ।

आउटस्ट्यान्डिङ म्युजिक कम्पोजिसन फर अ डकुमेन्ट्री सिरिज अर स्पेसल विधामा फिल्म छानिएको हो। यो विधामा कम्पोजर नैनिता देसाई मनोनित भएकी हुन्।

नेटफ्लिक्समा रिलिज भएलगत्तै समीक्षकबाट समेत ध्वनि रचनातर्फ देसाईले चर्चा बटुलेकी थिइन्। त्यतिबेला उनले सगरमाथाको शून्यतामा ध्वनि सिर्जना गर्नुपर्ने चुनौती रहेको बताउँदै शून्यतालाई पनि ध्वनिको परिभाषामा बाँधेकी थिइन्। 

एमीमा मनोनित भएलगत्तै पूर्जाले देसाईलाई बधाई दिएका छन् । मनोनयनपछि अब अगस्ट १२ देखि २२ सम्म मतदान हुने प्रक्रिया हुनेछ । सेप्टेम्बर १२ मा अमेरिकाको लस एन्जलसमा हुने समारोहमा विजेता घोषणा हुनेछ।

पूर्जाले सात महिनाभित्रै कसरी ८ हजार मिटरभन्दा अग्ला संसारका १४ हिमाल आरोहण गरे भन्ने चित्रण यो डकुमेन्ट्री फिल्मले गर्छ। स्ट्रिमिङ भएलगत्तै नेटफ्लिक्समा करोडौंले यसलाई हेरेका थिए भने उक्त प्लेटफर्ममा अहिलेसम्म हेरिएका टपटेन डकुमेन्ट्रीमा पनि यो फिल्म अटाएको थियो।

#14Peaks is nominated for an Emmy Award!

It has been nominated for Outstanding Music Composition for a Documentary Series or Special. Huge congratulations and thanks to the very talented @nainita_desai who brought the world of #14Peaks to life with her soundtrack.

 

Thank you everyone for shouting about your love for this film on social media – it shows people power works! This was always your film – this was always about inspiring and motivating everyone and showing the power of possible. The message is that no matter where you come from or where you start, you can dream big and show the world that nothing is impossible. This is about uplifting the Sherpas and the Big Mountain communities. Thank you for your support of me and the #14Peaks team – I feel very grateful.

There is now one final voting window for the members of the Television Academy to cast their vote – between August 12th to August 22nd. Then the winners will be announced on the night at the Emmy Awards in L.A on September 12th.

#14Peaks for the win! #Foryourconsideration

 

#AchieveYourNewPossible #AlwaysALittleHigher

#14peaksnothingisimpossible #14peaks #nothingisimpossible #nimsdai #nimspurja #14peaks6months #beyondpossible #k2winter #k2firstascentnoo2 #uksf #achieveyournewpossible #club8000ers #everest #k2 #aboveandbeyondadventure #eliteexped #alwaysalittlehigher #nimsdaifoundation #bigmountaincleanup #theycallmemagic



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?