Sunday August 14, 2022

१३ औं नेपाली मेलाबारे तमुधिं यूके र लन्डन दूतावासबीच अन्तिम छलफल

३२ असार, २०७९ शीतलपाटीन्युज डटकम। 5623


१३ औं नेपाली मेलाबारे तमुधिं यूके र लन्डन दूतावासबीच अन्तिम छलफल

शीतलपाटीन्युज डटकम।

१५ जुलाई २०२२।

लन्डन । आगामी २८ अगस्टमा २०२२ मी हुने १३ औं नेपाली मेलाका बारे तमुधिं यूके र नेपाली दूतावास लन्डनबीच अन्तिम छलफल भएको समाचार छ ।

तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङके नेतृत्वमा आज शुक्रबार लन्डन दूतावास पुगेको तमुधि युकेको  टोली र बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य,दूतावास उपनियोग प्रमुख रोशन खनाल, कर्मचारीहरु लगायत बीच नेपाली मेलाबारे छलफल भएको थियो। दूतावासमा तमुधिं यूकेको कार्यसमितिलाई राजदूत आचार्य र दुताबास कर्मचारीहरुले स्वागत गरेको कुरा वरिष्ठ उपाध्यक्ष हरि गुरुङले जानकारी दिनु भयको छ।

त्यस्तै छलफलमा वरिष्ठ उपाध्यक्ष गुरुङले नेपाली मेला र तयारीबारे पावर पोइन्टबाट स्लाइड शो र भिडियो प्रस्तुति दिएका थिए। दूतावासका तर्फबाट राजदूत आचार्यले नेपालीको ऐतिहासिक र लोकप्रिय नेपाली मेलामा सहभागी भइदिन बेलायतवासी नेपाली,गैर नेपालीसहित सबै संघसंस्थाहरुलाई आग्रह गर्दै आफूहरुले पनि सहयोग गर्ने वचन दिएका थिए।

टोलीमा तमुधिं यूकेका पूर्वअध्यक्ष सुवाससिंह गुरुङ,निवर्तमान अध्यक्ष नन्दजंग गुरुङ,बरिष्ठ उपाध्यक्ष हरि गुरुड्ग,उपाध्यक्ष जुमकाजी गुरुङ,महासचिव परशु गुरुङ,खेलकुद सचिव देव घले,विमल गुरुङ, कुमार गुरुङ,विकास गुरुङ,एसके गुरुङ,आमा समूहकी अध्यक्ष सीता मञ्जु गरुङ,अप्सरा गुरुङ,कमलादेवी गुरुङ,सन्ध्या गुरुङ,दिलमाया गुरुङलगायत थिए।

 

‘हाम्रो संस्कृति,हाम्रो पहिचान,हाम्रो गौरव’ सन्देशसहित तेह्रौ नेपाली मेला २८ अगस्ट बिहान १० देखि राति ८ बजेसम्म रिचमण्डको केम्पर्टन पार्क रेसकोर्समा हुनेछ। मेलामा नेपाली दूवतास लन्डनले हरेक वर्ष सहकार्य गर्दै आएको छ। नेपाली राजदुताबासका महामहिम राजदुत ज्ञान चन्द्र आचार्य प्रमुख अतिथी रहने सो कार्यक्रममा बिभीन्न देशका राजदुतहरु, मेयरहरु, उपमेयरहरु, काउन्सीलरहरु,बेलायत बसोबास गर्ने नेपालीहरुको ठुलो उपस्थिती रहने र नेपाली झाकी, परम्परागत नाच र नेपाली कलाकारहरुको नाच पनि रहने छ। स्वादिष्ट खाना पाइने सो मेलामा नेपाली समानहरु पनि किन्न सकिने ब्यबस्था गरिएको छ।

(गोर्खा मिडीया)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?