Sunday August 14, 2022

स्कटल्याण्ड एडन्वरा कार्निभलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता

२ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2954


स्कटल्याण्ड एडन्वरा कार्निभलमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता

अहिल्या सुवाल।

स्कटलैण्ड। स्कटल्याण्डको कार्निभलमा नेपालको प्रतिनिधित्व गर्दै स्कटलैण्ड तथा लन्डन निवासी नेपालीहरुले सहभातिता जनाएका छन्।

नेपाल र नेपाली चिनाउने बाजागजा तथा भेषभुषा पहिरेर स्कटल्याण्ड निवासी नेपालीहरूले हिजो आईतबार १७ जुलाई २०२२ मा स्कटल्यानको ब्यस्त सहर प्रिन्स स्टीटमा प्रदर्शन गरेका थिए ।

प्रत्येक वर्ष मनाउने कार्निवलमा यस वर्ष पचास भन्दा बडि राज्यहरूको सहभागिता रहेको थियो।आ-आफ्नो देसको प्रतिनिधित्व गरेर आएका स्कटल्याण्ड निवासी तथा बाहिरका सहभागिहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। जस्मा चाईनिज,ब्रेज़िलिएन,भ्यनेज्वला आदिको प्रदर्शनी उत्कृष्ट रहेको थियो। नेपाल स्कटल्याण्ड एसोसीएसन/पासा पुच: गुठी स्कटल्याण्ड च्याप्टरका अध्यक्ष बिजय डंगोलको संयोजकमा संगठित नेपाली समुहले,नेवारी संस्कृती झल्काउने बाजागाजा भेषभुषा प्रदर्शन गरेका थिए।

सो स्थानका मलिका पँचे बाजा समुहले नेपाली पँजे बाजा बजाएर नाचगान सहित प्रदर्शन गरेका थिए।स्कटल्याण्डमा भएको संयुक्त नेपाली संस्था स्काट्ल्यान ले सहभागिता जनाको थियो। यहि कार्यक्रमको लागि भनेर पाशा पुच्च गुठी युके लन्डनका कार्यकारी सदस्य हरूको समुहले सहभागिता जनाको थियो ।बिषेश कारणले आउन नपाएकोमा पाशा पुच्च गुठी युकेका अध्यक्ष वजेस सिंह तथा पाशा पुच्च गुठी साउथ ईस्टका अध्यक्ष मादब लाल क्षेष्टले दुख मान्दै कार्यक्रम सफलताको शुभकामना पनि दिनु भयो।

कार्यक्रमको बारे मा बोल्दै संयोजक बिजयले “यो स्काट्ल्यानको मात्र कार्यक्रम निभई पुरै नेपालको प्रतिनिधित्व गर्ने भएकोले सबैलाई सहभागि भै नेपालको परिचय बड़ाउन मदत गर्न आग्रह गर्नु भएको थियो साथै यही अनुसार सबै संघ संस्थाले भाग लिई सहयोग गरिदीनु भएकोमा धन्यवाद पनि दिएका छन्।कार्यक्रम मा NRNA स्कट्ल्यानका अध्यक्ष कांशीराम भण्डारी तथा संरक्षक भोला खनाल को पनि उपस्थित रहेको थियो। कार्निवलमा ७ वर्षीय एलेस सुवाल ले आफ्नो नेवारी परम्परागत लुगा लगाएर बजाएको नेवारी बाज़ाले घेरै को ध्यान आकर्षित गरेको थियो भने जिउदो देबी कुमारीले पनि नेपालीको पहिचान बडाउने काम गरेको थियो ।

केही बर्ष कोरोनाले रोकीएको यो कार्यक्रममा यस वर्ष पनि केही सहभागिता कम भएता पनि कार्यक्रम सफल रहेको आयोजक हरूको भनाई रहेको थियो। कार्यक्रमको अन्तिम अन्तिममा यस कार्यक्रमको संयोजकले लन्डनबाट आउनु भएका पाहुना सहभागिहरूलाई प्रमाणपत्र, सिल तथा मायाको चीनो दिएर धन्यवाद दिनका साथै सम्पूर्ण सहभागि बाल बच्चाहरूलाई पनि उपहारको ब्यबस्था गरिएको थियो।

कार्यक्रम सकिए लगतै महीला दिदीबहिनीहरूले नेपाली बाजा बजाएर सडकैमा नाचगान गरी रमाईलो गरेका थिए। स्कटल्याडको मुटु Edinburgh मा कार्यक्रमको अन्त्य गर्दै संयोजक डंगोलले यस कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सहयोगी दाताहरू एनआरएनए स्कटल्याडका अध्यक्ष कांशीराम भण्डारी,संरक्षक भोला खनाल,स्कट नेपाल क्लबका अध्यक्ष घन के सी, एनआरएनए सदस्य तथा ब्यवसाही टिका खराल लगाएत सहभागि भै सहयोग गरिदीनु हुने सम्पूर्णलाई हृदय देखी नै आभार व्यक्त गरेका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?