Tuesday September 27, 2022

प्रबासी नेपाली मञ्च युके साउथ ईस्ट इलाका कमिटिको क्षेत्रीय समितिको अधिबेशन सम्पन्न

२ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2796


प्रबासी नेपाली मञ्च युके साउथ ईस्ट इलाका कमिटिको क्षेत्रीय समितिको अधिबेशन सम्पन्न

शीतलपाटीन्युज डटकम।

साउथ इष्ट,लण्डन। प्रबासी नेपाली मञ्च युके साउथ ईस्ट इलाका कमिटिको अधिबेशन सम्पन्न भएको छ। सो कार्यक्रमको प्रमुख अतिथि प्रबासी नेपाली मञ्चयुरोपका उपाध्यक्ष तथा बेलायत ईन्चाज बिनोद  ज्ञवाली हुनुहुन्थ्यो भने अध्यक्षता केदार थपलियाले  गर्नुभएको थियो।

अधिबेशनको विशिष्ट अतिथिमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका अध्यक्ष सुरेन्द्र थपलिया,प्रबासी नेपाली मञ्चयुरोपका सदस्य तथा महिला ईन्चाज कल्पना त्रिपाठी रहनुभएको थियो। अन्य अतिथिहरुमा प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटीका बरिष्ठ उपाध्यक्ष तथा संगठन विभाग प्रमुख तुङ्ग भद्र भुसाल, उपाध्यक्षहरु  दासु पाण्डे,सरस्वति केसी,हरिगोविन्द गुरुङ,पशुपति पोखरेल,आर्थिक बिभाग प्रमुख पुण्य रेग्मी र रोयल बरॊ ग्रीनवीचका काउन्सिलर जित रानाभाट रहनुभएको थियो।  

कार्यक्रममा प्रमुक अथिति बिनोद ज्ञवाली र सभाअध्यक्ष केदार थपलियाले सयुक्त रुपमा पानसमा बत्ति बालेर उत्घाटन गर्नुभयको कार्यक्रमको संचालन समितिका सल्लाहकार आर्क राज तिम्सिनाले  गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रबासी नेपाली मञ्च  राष्ट्रिय कमिटीका उपाध्यक्ष दासु पाण्डेले राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि,विशिष्ट अतिथि  र अन्य अतिथिहरुले शुभकामान मन्तव्यको साथमा समसामाहिक रानीतिक बिसयमा आफ्नो भनाइहरु राख्नुभएको थियो । 

अधिबेशनले अध्यक्षमा आर्क राज  तिम्सिना,उपाध्यक्षमा  राममाया बिस्ट,सचिबमा पंकज बजगाई  र सह-सचिवमा राधा खरेल,कोषाध्यक्षमामा राजेन्द्र लम्साल,सह- कोषाध्यक्षमा जिबिका नहर्की  र सदस्यहरुमा रुकु पाण्डे,अमृत के सी, गिता इटनी सेडाई ,  कमल काफ्ले र बाकी सदस्य पछि थप गर्ने गरि १५ सदस्य रहेको नयाँ समिति गठन गरेको छ।

नया कार्यसमितिलाई उपस्थित अथितिहरुले कार्यकालको सफलताको शुभकामना बक्ता गर्नु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?