Tuesday September 27, 2022

"गैर आवासिय नेपालीसंघ इङलैण्डको शाखा बिस्तार गर्न अध्यक्ष लाल बहादुर गुरुङको जोड"

३ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2019


"गैर आवासिय नेपालीसंघ इङलैण्डको शाखा बिस्तार गर्न अध्यक्ष लाल बहादुर गुरुङको जोड"

शीतलपाटीन्युज डटकम।

लण्डन। गैर आवसिय नेपाली संघ युकेको इड्गलैण्ड राज्य समन्वय परिषद अन्तरगत काउन्टी काउन्सिल क्रोइडोनमा स्थापन गरिएकोछ। नेपालीको  लागी नेपाली हरेक दुख सुखको साहस एनआरएनएलाइ अझै बृहत र फराकिलो बनाउन क्रोइडोन नेपाली समाजका फाउन्डर अध्यक्ष र निर्बतमान इन्ग्ल्याण्ड राज्य समन्वय परिषदका कोषाध्यक्ष ध्रुब हरी बासकोटा र सामाजिक अभियन्ता अत्यन्तै उर्जासिल ब्याक्तित्व डा सुरज पौडेलको पहलबाट धेरै प्रयास पछी यो सब संम्भव भएको छ। संस्थाको सदस्यहरुमा प्रमोद खनाल,सह देबी पुन,मोहन राज कार्की, जमुना पुन रोका,कमला बिश्वकर्मा पनि नियुक्त हुनु भयको छ।

हरेक दुख सुखमा एक साथ गरेर निश्वार्थ भएर संस्थाको हितको लागी काम गर्ने सुझाव दिंदै नवनिर्बाचित संयोजक श्रीमती सकुन्तला राइ खपांगी लगायत सबैसबैलाइ शुभकामना दिए र श्रीमती सकुन्तला खपांगी राइ क्रोइडोन नेपाली समाजका पहिलो महिला अध्यक्ष पनि हुन भने उहाले बिभिन्न ठाउहरूमा थुप्रै सामजिक योगदान दिंदै आईरहेकी छन। सचिवमा राकेश शाह पेशागत हिसावमा एकाउन्टेन हुन र उहाको सामजिक यात्रा पनि अत्यन्तै लोभ लाग्दो छ भने इड्गलैण्ड राज्य समन्वय परिषदका अध्यक्ष लाल बहादुर गुरूङले भने आफ्नो कार्य अवधि संगसंगै यो अभियानमा जोडिएर अत्यन्तै उर्जासिल ब्याक्तित्वहरू संगसंगै रहेर काम गर्ने अवसर पाएकोमा सबैलाइ शुभकामना सहित अत्यन्तै खुशी ब्याक्त गरे।

उक्त कार्यक्रमको लागी भेनु र मिठो भोजनको ब्यावस्थपना क्रोइडोन नेपाली समाजका संस्थापक सदस्य एवम संक्षक मदन खपागीले गर्नू भएको थियो। अन्तमा सस्थाको अध्यक्ष लाल बहादुर गुरुङले सबैलाइ धन्यवाद ज्ञापन सहित आगामी दिनमा निरन्तर आफ्नो कर्ममा सकृय रहने कुरा ब्यक्त गर्दै कार्यक्रम समापन गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?