४ श्रावण, २०७९
शीतलपाटीन्युज डटकम।
मिति : १९ जुलाई २०२२।
लण्डन। किरात राई यायोक्खा बेलायतले,आउँदो मिति २४ जुलाई २०२२ को दिन भब्य आयोजना गर्ने भनि निश्चित भएको राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम स्थगित (Postponed ) गरिएको छ । उक्त कार्यक्रम आयोजनाको सम्पूर्ण तयारी गरिसकिएको भए पनि, राई इज किङ्गको नामले परिचित सुविख्यात गायक राजेश पायल राईज्युको भिसा (Visa), रसिया र यूक्रेन विच जारी युद्धको कारण अनिश्चित क्यू (Queue) मा फस्न पुगेपछि, हामी (आयोजक संस्था) निर्धारित कार्यक्रम स्थगित गर्ने निर्णयमा पुगेका छ।
यस घटनाबाट करोडौ नेपालीहरुको ढुकढुकी सुविख्यात गायक राई इज किङ्ग स्वयं पनि ज्यादै दुःखी बन्नु भएको हामीले पाएका छौं । कार्यक्रम स्थगित भएको आधिकारिक जानकारी गराउँदै आयोजकद्धारा प्रेस विज्ञप्ति जारी भए पस्चात वहाँ (राई इज किङ्ग) ले पनि आम संचार माध्यम मार्फत आफ्नो बेलायती दर्शक तथा श्रोताहरुलाई सम्बोधन गर्ने जानकारी गराउनु भएको छ ।
हामी यिनै केही प्राविधिक समस्याहरुको समाधान सुनिस्चित हुने वित्तिकै, कार्यक्रमका प्रायोजकहरु,सम्पूर्ण दर्शक तथा श्रोताहरुको सुविधालाई ध्यानमा राख्दै, समयको ब्यावस्थापन गर्न र निर्णय लिनको लागि पर्याप्त समय प्रदान गर्दै कार्यक्रम पुनःनिर्धारित (Reschedule) गरी, कार्यक्रमको अर्को मिति सहितको पूर्ण विवरण सार्वजनिक गर्नेछौं । त्यतिन्जेल धैर्य धारण गरिदिन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।
राजेश पायल राई एकल सांगीतिक साँझ तथा सम्मान कार्यक्रम स्थगित हँदा, समस्त प्रायोजकहरु, दर्शक तथा श्रोताहरुमा पर्न गएको असुविधा प्रति हामी आयोजक क्षमा प्रार्थि छौं । तपाईहरुको धैर्यताको लागि धन्यवाद !
पुनस्च : निर्धारित कार्यक्रमको टिकट लिई सक्नु भएको महानुभावहरुले पुनःनिर्धारित कार्यक्रमको टिकट (दोहोरो) लिनुपर्ने छैन । यदि कसैलाई थप जानकारी अथवा सहयोग आवस्यक परेमा, टिकटमै उल्लेखित फोन नम्बरहरुमा सम्पर्क गर्न सक्नु हुने अध्यक्ष चन्द्र बहादुर राईले बिज्ञप्ति मार्फत जनाउनु भयको छ।