Thursday June 01, 2023

२/२ जी आर का बाबुजी एवम फ्यामिली भेला सम्पन्न

४ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 4018


२/२ जी आर का बाबुजी एवम फ्यामिली भेला सम्पन्न

- सुधा गुरुङ्ग

२/२ जी आर का बाबुजी एवम फ्यामिली भेला सम्पन्न!

💕💕💕💕💕💕

१७ जुलाई २०२२ आईतबारका दिन,हाम्रो २/२ गोर्खा राईफल्सका बाबुजीजर फ्यामिली भेला कार्निभल हल बेजिङ्गस्टोकमा अत्यन्त रमाईलो सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो। हरेक बर्ष नियमित रुपमी हुने हाम्रो भेला कोरोना महामारीका कारण बन्द भएको थियो,  अन्तत: ३ बर्षपछि आनन्दसंग मनाईयो। 

हामी जम्मा २४-२५ जना भेला भएका थियौ। सोही भेलाको लागि हंगकंगबाट बिष्णु गुरुङ्ग दाइ पनि आउनुभएको थियो। २/२ जी आरका बाबुजीहरुको माया प्रेम अर्थात बोन्डिङ्ग कत्ती बल्ल्लियो रहेछ भन्ने कुराको यो ज्वलन्त उदाहरण हो। बिष्णु दाइ हंगकंग बाट यसरी भेलामा सहभागी हुन आउनु भएको यो दोश्रो पटक हो। पल्टनमा हुदा हाम्रो क्लर्क्स प्लाटूनका सबै दाजुभाइ दिदी बहिनीहरुको अत्यन्त मिलिमतो एउटै परिवार जस्तो पारीवारिक वातावरण हुन्थ्यो। सबैले एक आपसमा दाइ भाउजू भनेर सिनिएरलाई जुनिएरले आत्मीयतासहित सम्मान पूर्वक गरीने संबोधन ब्यबहार अत्यन्त राम्रो संस्कार थियो।

हुन पनि कलिलो उमेरमा भर्ती लागेर परदेश लागेका अनि फ्यामिली वाला भएका हामी जस्ता मनुवाहरुको लागि पल्टने साथीहरु,नम्बरीहरु, प्लटूने परिवार नै आफ्ना अत्यन्त निकटका आफन्त जस्ता हुनु स्वभाविकै हो। अहिलेसम्म हामीले सो आत्मीयतालाई कायम राख्न सफल भएकोमा खुशी लाग्छ। 

मीठो खानपान,अत्यन्त रमाईलो गफगाफ,लक्ष्मण मास्के दाइको रोचक गेमहरु,डेबिडको तम्बोला, सरोज बस्नेत भाइको ननस्ट्प लाईभ गानाहरु साथमा लाल गुरुङ्ग,चित्र आले दाइ,डम्मरसिगं दाइ,गोमा राना, याङ्जीन लगायत सबैले आआफ्नो गायन र नृत्य कला प्रस्तुत गरेर भरपूर आनन्द लिएंका थिए। 

 

साथमा लाल गुरुङ्गको ६२औं जन्मदिन र बाबुजी भेलाको रमाईलो सेलीब्रेशनलाई एकैसाथ केक पनि काटीवरी थप रौनक थपिएको थियो। दिदीबहिनीहरुले बनाएर ल्याएका बिबिध परिकार,मीठो सेल रोटी,स्वादिलो बिबिक्यू अनि अन्तमा सन्त मामाको फेमस मेसिङ्ग भात बाई हात ज्युनार गरेर आउने साल २२ जुलाई २०२३ शनिबार भेट्ने बाचा सहित हामी बिदा भएका थियौ। यो साल बिबिध कारणबश आउन असमर्थ भएका अरु बाबुजी परिवारहरु अर्को साल अवश्यै आउनुहुनेछ भन्ने आशा लिएका छौ। 

जय 2/2 जी आर बाबुजी परिवार!



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?