६ श्रावण, २०७९
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपालको पर्वत जिल्लाबाट बेलायत आई बसोबास गरेका नेपालीहरुलेबिगतका बर्षहरुमा झै यो बर्ष पनी पर्वत वेलफेयर सोसाइटी यूकेले विविध सांस्कृतिक कार्यक्रम सहित आफ्नो २० औँ बार्षिक उत्सव मनाउने भएको छ। आउदो महिनाको २१ अगष्ट २०२२ आइतबारका दिन सो कार्यक्रमको आयोजना गरिएको हो।
आयोजित कार्यक्रममा नेपालबाट ख्याति प्राप्त कलाकारहरुको उपस्थीति रहने पर्वत वेलफेयर सोसाइटी यूकेका उपाध्यक्ष विनोद पुरीले जानाकारी दिनुभयो। संस्थाको बार्षिकउत्सव सगैँ नेपाली खानाका बिभिन्न परिकारहरुको पनि व्यवस्था गरिएको सस्थाका अध्यक्ष नेत्र आलेले बताउनुभयो।
सो कार्यक्रममा पर्वतबाट आफ्नो कर्मभूमि यूके बनाएर बस्नुभएका सम्पुर्ण बुबाआमा,दाजुभाई दिदीबहीनिहरुलाई चुलो निम्तो गरिएको समेत जनाइएको छ। आयोजित कार्यक्रमलाई सफल बनाउन बिभिन्न उप समितीहरु समेत गठन गरिएको उपाध्यक्ष पुरीको भनाई छ। पर्वत बाच्छाब्यादी घर भै बेलायतमा कलबर्न टाउन काउन्सीकका मेयर जगन्नाथ शर्मा उपस्थित हुने बताउनु हुदै यो भेटघाट कार्यक्रमले नेपाललाई पनि ठुलो सहयोग पुग्ने र बार्षिक पर्ब पनि मनाईने बताउनु भयको छ।