Sunday August 14, 2022

गुल्मी जिल्ला समाज युकेको बार्षिक भेला भब्य हुने

६ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2603


गुल्मी जिल्ला समाज युकेको बार्षिक भेला भब्य हुने

शीतलपाटीन्युज डटकम।

लण्डन। लुम्बिनी प्रदेश गुल्मी जिल्ला घर भै अध्ययनका लागि, ब्यवसायका लागि,बसोबासका लागि,ब्रिटीस गोर्खा सैन्य सेवाका लागि,स्वास्थ्य सेवाका लागि आएका नेपालीहरुको समुहले बार्षिक भेला गर्ने समाचार प्राप्त भयको छ। गुल्मी जिल्ला समाज युकेको ७ अगस्त २०२२ मा बार्षिक कार्यक्रम हुने कुरा आयोजक गुल्मी  जिल्ला समाज युकेका अध्यक्ष बीर बलालले जानकारी दिनु भएको छ। 

सामुयल कोडी स्पोर्ट्स कलेज फानबोरो ( GU14 8SN) को सभाहलमा हुने सो कार्यक्रम ११ बजेबाट शुरु हुनेछ। संस्थाकी उपाध्यक्ष मंजु भण्डारी संयोजक रहेको सो कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुताबास लण्डनबाट,अतिथीहरुमा छिमेकी जिल्लाका अध्यक्षहरु,बेलायत बसोबास गुल्मेलीहरु र बेलायत बासी सबै नेपालीहरुलाई चुल्हो निम्तो भनिएको छ।

कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपाली राष्ट्रिय तथा स्थानिय कलाकारहरु सीता राना मगर, शान्ता रानी परियार र रामचन्द्र चन्दको लाईभ म्युजिक प्रस्तुति गर्ने कार्यक्रम रहेको छ भने गुल्मेली ठाडो भाका,नौमती बाजा,महिलाहरुको लागी तिजको गीत तथा नाचले कार्यक्रमस्थल मनोरन्जनात्मक हुनेछ। लोकल संस्कृतिले भरिएको पश्चिम पहाडी जिल्ला गुल्मी भजन कृतन पनि गरेर मनोरन्जन प्रदान गरिने संयोजक मंजु भण्डारीले हामीलाई बताउनु भयको छ।

राफल ड्र हुने,बिबिक्यु समेतको स्बादिष्ट खाना ब्यबस्था गरिएको सो कार्यक्रममा जिल्लाबासीले प्राप्त गरेको सम्मानलाई अरु सम्मान गरी बिबिध कार्यक्रमका साथ कार्यक्रम हुने छ। केही बुझ्न परेमा यसै समाचारमा राखीएको फ्लाएरमा हेरेर सोध्न समेत सक्नु हुनेछ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?