Wednesday September 28, 2022

बिसीसी गुम्बाद्वारा छ्योखोर दुचेन पूजा आयोजना गर्दै

७ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 3057


बिसीसी गुम्बाद्वारा छ्योखोर दुचेन पूजा आयोजना गर्दै

पूर्ण बहादुर गुरुङ,

 लण्डन। बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले छ्योखोर दुचेन पुजा आयोजना गर्ने भएको छ। बुद्धका चार मुख्य तीथि मध्येको एक छ्योखोर दुचेन अर्थात् ठुक्पा छेश्यी तीथि आउँदो १ अगष्ट सोमबारका दिन पर्न गएकोले उक्त दिन सो ढुछेन पुजाको आयोजना गर्न लागिएको हो।

उक्त दिन भगवान बुद्धले चार आर्य सत्यको बारे धर्मचक्र प्रवर्तन गरेकोे महान तीथि भएकोले पनि बौद्ध धर्मवालम्वीहरुले बिशेष पुजापाठ गर्दै आएका छन्। सोही अनुसार अल्डरसटस्थित बिसीसी युके गुम्बाले पनि विगत केही बर्षदेखि उक्त पुजाको आयोजना गर्दै आएको भएता पनि कोभिड–१९ पश्चात पहिलोपटक आयोजना गरिएको हो। बेलायतस्थित बौद्ध धर्ममा आस्थावान नेपाली संघसंस्थाहरुको समेत सहभागिता र सहयोगमा अगष्ट १ बिहान १० बजेदेखि अल्डरसटस्थित बिसीसी गुम्बामा उक्त पूजा शुरु हुने छ । उक्त पुजामा काठमाण्डौं, बौद्धस्थित सेचन गुम्बाका वरिष्ठ खेन् रिन्पोछे घ्युर्मी छुल्टिम गुरुको बिशेष सहभागिता रहने छ । त्यस्तै, बिसीसी गुम्बाका खेन्पो केल्जेङ्ग, लोपेन नोर्बुलगायत धर्म गुरुहरुको सहभागीता रहने बिसीसी युकेका उपाध्यक्ष एवं उक्त कार्यक्रमका संयोजक आङ्गदावा शेर्पाले जानकारी गराए । उनका अनुसार उक्त तीथिमा छोक पूजा, मर्मे पाठ, मलम पाठ, छ्योखोर नाच,दीप प्रज्ज्वलन,प्रवचन लगायतका धार्मिक कार्यक्रमहरु दिनभर हुने छ।  

साथै,उपाध्यक्ष शेर्पाले उक्त पुण्य तिथीको अवसरमा भोजन दान, चियापानी,खाजा,बत्ति,गुरु दक्षिणालगायतको दान गर्न सकिने बताउँदै ईच्छुक दानवीरहरुले बिसीसी युके अल्डरसट गुम्बा वा सिधै आफूलाई सम्पर्क अनुरोध गरेका छन्। बेलायतमा आफ्नो भाषा, कला, संस्कार र संस्कृति संरक्षण तथा सम्वद्र्धन गर्ने,च्यारिटीमूलक कार्यहरु गर्ने, बौद्ध शिक्षा प्रवद्र्धन गर्नेलगायतका उद्देश्यका साथ स्थापना भएको बिसीसी युकेले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ। सोही अनुरुप यसपटक १ अगष्टका दिन आयोजना गर्न लागिएको छ्योखोर दुचेन पूजामा उपस्थितिका लागि कार्यक्रम संयोजक शेर्पाले बेलायतमा बसोबास गर्ने सम्पूर्ण बौद्ध धर्मवालम्वीहरुमा हार्दिक अनुरोध गरेका छन् ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?