Tuesday September 27, 2022

एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव

८ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2008


एउटै रुखमा झुण्डिएको अवस्थामा भेटियो तीन किशोरीको शव

शीतलपाटीन्युज डटकम।

काठमाडौं । झापामा तीन जना किशोरी एउटै रुखमा झुडिएको अवस्थामा फेला परेको छ। झापाको कचनकवल गाउँपालिका- ५ बेल्लेगाउँस्थित सुनकोशी चिया बगानमा रहेको बयरको ढल्केको रुखमा तीन किशोरी झुन्डिएको अवस्थामा भेटिएका हुन्।

कचनकवल-५ पाठामारीमा १६ वर्षीया करिना गणेश, १७ वर्षीया अन्जली गणेश र १६ वर्षीया शर्मिला गणेश झुन्डिएको अवस्थामा भेटिएको वडाध्यक्ष मोहमद नुर आलमले नेपाल प्रेसलाई बताए ।

उनले भने,‘ आज बिहान साढे ७ बजे उनीहरुको शव फेला परेको हो । उनीहरु छुटाछुटै परिवारका हुन् ।’

चिया बगानका तीनैजना मजदुर उनीहरू शनिबारदेखि बेपत्ता थिए । अन्य कामदारले आज बिहान झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

झापा प्रहरी प्रवक्ता वसन्त पाठकले हत्या वा आत्महत्या खुलिनसकेको भन्दै घटनाबारे अनुसन्धान भइरहेको बताए।

(नेपालप्रेष)

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?