Sunday August 14, 2022

पीपल गल्फ च्याम्पियन २०२२ बने गजेन्द्र गुरुड्ग

९ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 4187


पीपल गल्फ च्याम्पियन २०२२ बने गजेन्द्र गुरुड्ग

शीतलपाटीन्युज डटकम।

लण्डन। यस बर्षको पीपल गल्फ च्याम्पियन गजेन्द्र गुरुङ बनेका छन् । गत २३ जुलाईको दिन बेजिङस्टोकस्थित शेरफिल्ड गल्फ क्लबमा सम्पन्न छैठौं पीपल गल्फ च्याम्पियनशीप प्रतियोगितामा गजेन्द्र गुरुङ प्रतियोगिताको बिजेता बनेका हुन्।

प्रतियोगिताको उदघाटन शनिबार बिहान ७ः३० बजे पीपल ग्रुपका प्रवन्ध निर्देशक सूर्य गुरुङ र गोर्खा गल्फ सोसायटीका अध्यक्ष सोमराज तामाङले संयुक्त रुपमा गरेका थिए। प्रतियोगिताको आयोजना गोर्खा गल्फ सोसायटीले र प्रायोजन पीपल ग्रुपले गरेका हो ।

प्रतियोगितामा जम्मा १२० जना गल्फ खेलाडीहरुले भाग लिएको पीपल ग्रुपका प्रवन्ध निर्देशक सूर्य गुरुङले बताए। त्यस्तै, छैठौं पीपल गल्फ च्याम्पियनशीपको ‘ओभरअल नेट विनर’ युवराज शाही बने। दुवै विजेताहरु गजेन्द्र गुरुङ र युवराज शाहीले एक-एक तोला सुन,रनिङ्ग ट्रफी प्राप्त गरे । तीन वटा डिभिजनले भाग लिएको उक्त खेलको ‘ए’ डिभिजनतर्फ अशोक गुरुङ विजेता,फुर्तेन्जी शेर्पा फस्ट उपविजेता र सरोज गुरुङ तृतीय सेकेन्ड रनरअफ बनेका थिए।

डिभिजन ‘बी’ बीएर्फ भने बलबहादुर लिम्बु विजेता,प्रेमकाजी गुरुङ उपविजेता र ईश्वर चाम्लिङ्ग तृतीय भए। डिभिजन ‘सी’ तर्फ १२ बर्षीय हिमाल गुरुङ विजेता,कृष्ण तामाङ्ग उपविजेता र मनबहादुर राना सेकेन्ड तृतीय भए। तीन वटै डिभिजनमा विजेता,उपविजेता र तृतीय हुनेहरुलाई व्यक्तिगत ट्रफी प्रदान गरियो भने विजेतालाई १५० पाउण्ड, उपविजेतालाई १०० पाउण्ड र तृतीय हुनेलाई ७५ पाउण्ड नगद पुरस्कार पनि प्रदान गरिएको कुरा प्रतियोगिताको प्रायोजक पीपल ग्रुपका प्रवन्ध निर्देशक सूर्य गुरुङले जनाए।


प्रतियोगिताको सिनियर खेलाडीतर्फ रुद्रबहादुर खड्का विजेता बने भने पहिलो पटक भाग लिएका खेलाडीतर्फ १८ बर्षिया रुबिशा मल्ल विजेता भईन्। त्यस्तै,वीर लिम्बु (एनटीपी–१), देव राना (प्रो–एप्रोज ईन टु), युवराज शाही (एलडी सिनियर) र मनोज गुरुङ (एलडी ओपन) ले नोभल्टी प्राईज जिते। प्रतियोगिताका प्रायोजक पीपल ग्रुपका निर्देशक सूर्य प्रकाश गुरुङसहित पीपल ग्रुपका नाग्स राई, हरी गुरुङ, प्रिया गुरुङ, प्रतिमा गुरुङ र लाक्पा शेर्पाले रनिङ ट्रफी, व्यक्तिगत ट्रफी र नगद पुरस्कार संयुक्त रुपमा वितरण गरेका थिए ।

गोर्खा गल्फ सोसाईटीका सचिव गिताजङ्ग गुरुङले संचालन गरेको पुरस्कार वितरण कार्यक्रममा गल्फ सोसाईटी अध्यक्ष तामाङ, पीपल ग्रुपका अध्यक्ष लगायत सहभागीहरुले सबै खेलाडीहरुलाई बधाई तथा शुभकामना दिए । साथै, उनीहरुले गल्फ खेलतर्फ नेपाली युवाहरुको समेत आर्कषण बढेकोमा खुशी व्यक्त गर्दै आउने दिनहरुमा खेलाडीहरुको संख्यामा वृद्धि हुने विश्वास व्यक्त गरे। स्मरण रहोस्, पीपल ग्रुपले विगत केही बर्षदेखि पोखरेली मञ्च युकेद्वारा आयोजित ‘पीपल नेपाल कप क्रिकेट’ प्रतियोगिताको समेत मुख्य प्रायोजन गर्दैआएको छ। त्साथैयसै बर्षदेखि ‘पीपल नेपाल रन’ समेत शुरुवात भयको छ ।पीपल ग्रुप अन्तर्गत रहेको पीपल मोर्गेजेज र पीपल स्टेट एजेन्ट्सले मोर्गेज, प्रोटेक्सन्स, इन्स्योरेन्स, विल्स, लेटिङ्गस, सेल्स, म्यानेजमेण्ट लगायतका सेवाहरु प्रदान गर्दै आएको छ। हालसम्म पीपल ग्रुपले फानवरो,आस्फोर्ड,स्वीन्डन,हन्स्लो,टीथवर्थ र वेस्लीहिथमा कार्यालय स्थापना गरी ग्राहकहरुलाई सेवा दिदै आएको छ।

श्रोतः नेपालमामिला डटकम।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?