Wednesday September 28, 2022

रोजिनाको जन्मदिन मनाउदा श्रमदानका साथै विपन्नलाई भोजनको खुसी

११ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2293


रोजिनाको जन्मदिन मनाउदा श्रमदानका साथै विपन्नलाई भोजनको खुसी

शीतलपाटीन्युज डटकम।

लन्डन। रोजिहिरा फाउण्डेसनकी अध्यक्ष रोजिना प्रधान राईले आफ्नो जन्मदिन विराटनगरमा निर्माणाधीन एकीकृत सम्पन्न बस्तीमा श्रमदानका साथै विपन्न नागरिकलाई भोजन गराएर मनाएकी छिन्। पछिल्ला दिनहरूमा जन्मदिन फजुल खर्चमा मात्र व्यतित भइरहेका बेला एनआरएनए यूकेकी पूर्व उपाध्यक्ष समेत रहेकी राईले एकीकृत सम्पन्न बस्तीमा काम गर्ने कामदार, त्यहाँका स्थानीय तथा बालबालिकालाई भोजन गराई खुशीयाली साटेर मनाएकी हुन्।

३ बिघा १६ कठ्ठा ५ धुर क्षेत्रफलमा बनिरहेको सो एकीकृत बस्ती परियोजना देशकै नमुना परियोजना हुने गरी निर्माण भइरहेको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको अगुवाइमा विराटनगर १२ मा निर्माणाधीन सो परियोजनाले यस भेगका ७० प्रतिशत सुकुम्वासी समस्या समाधान हुने मन्त्री कार्की बताउँछन् ।

‘जनप्रतिनिधि तिनै नागरिकको भोटबाट बनेका हुन्छन् तर प्रतिनिधि भएपछि तिनै नागरिक बिराना हुन्छन्’, मन्त्री कार्की भन्छन्, ‘नागरिकसँगै प्रतिनिधि हुनुपर्छ भन्ने उदाहरणस्वरुप पनि परियोजना अगाडि बढेको हो।’बस्तीका नागरिकले आफैँ काम गरी जग्गाको किस्ता तिरेर निर्माण सक्दा सम्म जग्गा, घर आफ्नो नाममा आउने भएकाले यो परियोजनालाई एकीकृत सम्पन्न बस्ती भनिएको हो । जहाँ जो कोहीले आफ्नो श्रमदान गरी सामाजिक काममा अग्रसरता लिन सक्छ ।

यसअघि फाउण्डेसनकी अध्यक्ष राईले आफ्नै नेतृत्वमा स्वयंसेवक खटाई श्रमदान समेत गरेकी थिइन् । अध्यक्ष राईले आफूले यहाँ आएर आफ्नो जन्मदिन मनाउँदा खुशी लागेको बताइन् । ‘कुनै पनि विपन्न नागरिकलाई सम्पन्न बनाउने अभियानमा जोडिइ आफ्नो जन्मदिन मनाउन तथा श्रमदान गर्न पाउनु आफैँमा गर्वको कुरा हो, म ज्यादै खुशी छु’, उनले भनिन् ।

सो अवसरमा प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूर्ण लोक्सम, सदस्यहरू डा. ज्ञानेन्द्र कार्की र प्रकाश राई, लोकसेवा आयोगकी सदस्य सजना दाहाल लगायतको उपस्थिति थियो । उनीहरूले पनि सो परियोजनामा काम गर्ने कामदारलाई हौसला प्रदान गर्दै श्रमदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?