Tuesday September 27, 2022

मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन

११ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 3031


मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन

शीतलपाटीन्युज डटकम।

फान्बोरो,लण्डन। बेलायतभरि छरिएर रहेका मगरहरुलाई एकीकृत तथा संगठित गर्दै अघि बढी रहेको संस्था मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन पुरा भयको छ।


संघको अध्यक्ष सिता पुनमगरको अध्यक्षता तथा महासचिव गुमानसिंह थापामगरको सन्चालनमा भएको बैठकमा संघले मे २९ मा आयोजना गरेको नेपाली ओपन कन्सर्टको समीक्षा गरिनुका साथै आयव्यय विवरण पेश गरिएको थियो। संघका कोषाध्यक्ष मोहन थापामगरले ओपन कन्सर्टबाट ३२ हजार पाउण्ड नाफा आर्जन गरिएको जानकारी गरेका थिए भने ओपन कन्सर्टका संयोजक लाल पुनगरले कन्सर्टमा सहयोग गर्नेलाई धन्यवाद दिएका थिए। 

सो अवसरमा संघले आफ्नै भवन फान्बोरोमा सम्पन्न पहिलो त्रैमासिक बैठकमा नायिकाहरु दीया पुन र मिरुना मगरलाई सम्मान गरेको पनि गरेको थियो। नायिका दिया पुनलाई हालै विश्वको सर्वोच्च शिखर आरोहण गरेकोमा र मिरुना मगरलाई उनी अभिनीत चलचित्र ‘कबड्डी ४’ नेपाली चलचित्र उद्योगमा सफलतापूर्वक ५१ दिन मनाउन सफल भएकोमा सम्मान गरेको हो। नायिका मगरले हालै ब्रुनेल विश्वविद्यालयबाट स्वर्ण पदक पनि पाएकी छिन्। सोही अवसरमा नेपालबाट कार्यक्रमको सिलसिलामा बेलायतमा आइपुगेकी गायिका गीता पाइजालाई पनि स्वागत गरिएको थियो।

बैठकमा महासचिव गुमानसिंह थापाले संघको सांगठानिक प्रतिवेदन पेश गरेका थिए। हाउजिङ बिभाग हेर्नुहुने सहकोषाध्यक्ष थाम रोकाले आर्थिक जानकारी दिएका थिए। मगर संघ युकेको सातौ कार्य समितिको १०० दिन सफलतापुर्वक पुरा भयकोमा संघका अध्यक्ष सिता पुनमगरले युकेमा भएका सबै शाखाहरु र बेलायतभरि छरिएर रहेका सम्पूर्ण मगरहरुलाई धन्यवाद दिनु भयको छ।बैठकले आगामी एक वर्षको कार्यक्रमहरुको तिथि तय गरेको र अर्को वर्षको ओपन कन्सर्ट १३ मई २०२३ मा हुने मिती तय भएको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?