१२ श्रावण, २०७९
कृष्णकान्त अधिकारी,
काठमाण्डौ।
खोक्रो आदर्शको
प्रायोजित नाराहरु लागाउदै
एक हुल,
बेइमान,धुर्त र
कपटी मान्छेहरु
गाउँ,सहर र
बस्ती बस्तीमा छिरे।
देश बनाउने भन्दै,
उनिहरु,
लोकतन्त्रको नाराहरु
फलाक्दै गए
जनताहरु उचाल्दै गए
सत्ताको बागडोर
हातमा लिदै गए,
देशको माटो प्रति
गद्दारी गर्दै गए।
सोझा जनताहरु
ताली पिट्दै गए,
हेर्दाहेर्दै उनिहरु
देशको स्वाभिमान
बन्दक बनाउदै गए
पराइको कुटिल चालहरुमा
फस्दै गए
पुर्बजहरुले आर्जेको
गर्भिलो इतिहास
मेटाउदै गए।
बेइमान मान्छेहरु
हाम्रा लेक, बेशी र भञ्ज्याङ्ग तिर
डुल्दै आए
हाम्रा धर्म, सस्कृती र परम्पराहरुमा
अतिक्रमण गर्दै गए
भाइ - भाइहरु
फुटाउदै गए
सद्भाव , सदाचार र नैतिकता
मेटाउदै गए
बिदेशीको इशाराहरुमा
रमाउदै गए ।
यिनिहरु,
नेपाली मनहरु फुटाउदै गए
एकता र मित्रताको
सुन्दर फुलहरु
टुटाउदै गए
न्याय, निसाफ र इमानलाइ
लिलाम - बिक्रीमा
चढाउदै गए
देशको इज्जत ,प्रतिस्ठा र गौरबलाइ
घटाउदै गए।