Sunday August 14, 2022

नेफिन यूकेले १४ अगस्टमा २८औं विश्व आदिवासी दिवस मनाउदै

१६ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2060


नेफिन यूकेले १४ अगस्टमा २८औं विश्व आदिवासी दिवस मनाउदै

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले विभिन्न कार्यक्रमसहित २८ औं विश्व आदिवासी दिवस मनाउने भएको छ। सो कुरा हालै सम्पन्न प्रेषमीट कार्यक्रम मार्फत जनाईएको हो। 

नेफिन युकेका अध्यक्ष कर्मा पहाडी शेर्पाको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा फोनिज यूकेकी अध्यक्ष गोमा रानाले स्वागत मन्तव्य राख्नु भयको थियो भने महासचिव बिमला सेनेले कार्यक्रम सञ्चालन गर्नु भयको थियो। शुक्रबार २९ जुलाईका दिन भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी नेफिन यूकेले आउँदो १४ अगस्टमा अल्डरसटमा आदिवासी दिवसका अवसरमा कार्यक्रम आयोजना हुने जानकारी दिएको हो। 

पत्रकार सम्मेलनमा नेफिन यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पाले कार्यक्रमको उद्देश्य प्रस्ट्याउँदै रुपरेखासमेत सार्वजनिक गर्नु भयको थियो । कार्यक्रममा बेलायतमा रहेका १४ वटा जातीय संस्थाहरुको जातीय झाँकी प्रदर्शन र सबै संघसंस्थाहरुलाई महासंघले सम्मान गर्ने अध्यक्ष शेर्पाले जानकारी गराउनु भयको छ। कार्यक्रमको मुख्य उद्देश्य विश्वभरि छरिएर बसेका उत्पीडित जनजातिहरुको आवाजलाई बुलन्द गर्ने पनि महासंघका अध्यक्ष शेर्पाले जोड दिनु भयो।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष धुव्रराज अर्याल,निवर्तमान महासचिव खुशी लिम्बु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज यूके) का पूर्वअध्यक्ष विश्वासदीप तिगेलाले कार्यक्रमको सेरोफेरवमा जिज्ञासा राखेका थिए। जिज्ञासाको जवाफ अध्यक्ष शेर्पा र महासचिव बिमला सेनेले दिनु भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?