Wednesday October 28, 2020

हिथ्रो लन्डनमा चर्चित डान्सर निलम ढुङ्गानाको स्वागत

१२ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम । 1750



शीतलपाटीन्युज जटकम।

हिथ्रो,लण्डन। १ सेप्टेम्बर शनिबार एनआरएन युकेको आयोजनामा हुन लागेको ‘डिसाबिलिटी एड इभिनिङ ‘युके नेपाल कार्यक्रममा सहभागी हुन एक खुट्टाको भरमा कुसल नृत्य गर्न सफल चर्चित डान्सर निलम ढुङ्गाना बेलायत आइपुगेकी छिन् । शनिबार अल्डरसटको एम्पायर हलमा आयोजना हुने कार्यक्रमका लागि डान्सर ढुङ्गाना सोमबार सांझ लण्डन हिथ्रोमा उत्रिएकी हुन् । कलाकारको स्वागतका लागि एनआरएन युकेका उपाध्यक्ष एवम कार्यक्रम संयोजक प्रेम गाहा मगर,  महासचिब आर के त्रिपाठी ,सल्लाहाकार डा. मिन रानाभाट, धर्म बिभाग संयोजक होमनाथ पौडेल,  धिरज राई,अमृता गिरि गजुरेल, अन्जु श्रेष्ठ ,बिनोद बुढाथोकी, हरि बुदा दिपक मैथाने मगर,मधु घिमिरे, देब गुरुङ लगायत विमानस्थल पुगेर निलम ढुड्गानालाई न्यानो स्वागत गरेका थिए ।

कार्यक्रमका लागि पहिलोपटक लण्डन आइपुग्दै गरेकी चर्चित डान्सर निलम उत्साहित र सक्रिय देखिन्थिन् । ‘निकै खुशी र उत्साहित छु पहिलो पटक कार्यक्रम गर्न बेलायत आउन पाएकोमा’ नीलमले सुनाइन् । बेलायतमा बस्ने नेपाली दाजुभाई दिदीबहिनीहरु माझ विशेष प्रस्तुति दिने तयारी सहित आएकी छु , उनले भनिन्।’ विमानस्थलमा उत्रिने वित्तिकै पाएको स्वागतबाट दंग निलमले १ सेप्टेम्बरको आफ्नो कार्यक्रममा उपस्थित भइदिन बेलायतबासी सबै नेपालीहरुलाई आग्रह गरेकी छन् ।

गोर्खाली चेलीका रुपमा परिचित चर्चित बेलायती अभिनेत्री जोआना लुम्ले र बेलायतको प्रतिष्ठित ग्यालन्ट्री क्रसबाट सम्मानित गोर्खा सैनिक दिपप्रसाद पुनलाई विशेष अतिथीका रुपमा उक्त कार्यक्रममा आमन्त्रण गरिएको छ । कार्यक्रमका लागि तयारी लगभग पूरा भएको एनआरएन युकेका अध्यक्ष योग कुमार फगामी ,एनआरएन युकेका उपाध्यक्ष तथा च्यारिटी बिभाग संयोजक प्रेम गाहा मगर र महासचिब आर के त्रिपाठीले बताएका छन।

उक्त कार्यक्रममा एउटा खुट्टाले नाचेर ठूलो ख्याती कमाउन सफल कलाकार निलम ढुंगाना, अफगानिस्तानमा दुवै खुट्टा गुमाएर पनि साहसिक रुपमा विभिन्न पर्वतारोहण पूरा गरेका किर्तिमानी भूपू गोर्खा हरि बुढा मगरदेखि बेलायती सेनामा सेवाकै क्रममा अपांगताको शिकार बनेर पनि समाजमा विभिन्न उदाहरणीय कार्यहरु गर्दै आएका विनोद बुढाथोकी, नेत्र राना र शिव थजाली, कुशल नृत्यांगना तथा मिसेस यूके नेपालकी एक विजेता अमृता गिरी लगायतले आफ्ना विशेष प्रस्तुति देखाउनेछन् । त्यस अवसरमा हरि बुढा मगर र विनोद बुढाथोकीले आफ्नो जीवन अनुभवबारे मन्तव्य पनि राख्नेछन् । 

उक्त कार्यक्रममा सहभागिताको लागि ४० पाउण्डको टिकट लाग्ने आयोजकले बताएका छन् ।अपङगता भएका ब्यक्तीहरूको सत्य घटनामा आधारित हृदय बिधारक ड्रामा सो हुने समेत लण्डन नेपाल न्युजमा बताइएको छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?