Sunday August 14, 2022

गोर्खाली समाज यूकेको वार्षिक कार्यक्रम भब्य सम्पन्न

१६ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1836


गोर्खाली समाज यूकेको वार्षिक कार्यक्रम भब्य सम्पन्न

शीतलपाटीन्युज डटकम।

लन्डन। नेपालको गोरखा जिल्ला घर भै बेलायत बसोबास गरेका गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम सभ्य र भव्यरुपमा सम्पन्न भएको छ। नेपालको गोरखा जिल्ला घर भई बेलायतलाई कर्मभूमि बनाइ बस्नेहरुको साझा संस्था गोरखाली समाज यूकेको वार्षिक भेटघाट कार्यक्रम ३० जुलाई शनिबार सामुयल कोडी स्पोर्टस् कलेज फानबोरोमा सम्पन्न भएको हो । 

समाजका अध्यक्ष अशोक ढकालको अध्यक्षतामा भएको सो वार्षिक भेटघाट कार्यक्रमको प्रमुख अतिथि संस्थका संरक्षक गोरखा घर भै लण्डन निबासी डा राधव धिताल (OBE),डा जानकी धिताल रहनु भयको थियो। अतिथिहरुमा एनआरएनए युकेका अध्यक्ष प्रेम गाहामगर, तमुधिं युकेका अध्यक्ष हित काजी गुरुङ,मगर संघ युकेका अध्यक्ष सीता पुनमगर,लमजुङ समाज युकेका अध्यक्ष दलबहादुर गुरुङ, तनहुँ समाज युकेका अध्यक्ष लेख गुरुङ,पाल्पा जिल्ला समाज युकेका अध्यक्ष बाचस्पति रेग्मी,मोना युकेका उपाध्यक्ष धन रोकामगर,तमु समाज युकेका अध्यक्ष शिवकुमार गुरुङका ससाथै बिभिन्न संघ संस्थाका अतिथिहरूको उपस्थित थियो।

संस्थाका सचिव हिमालादेवी गुरुङले सञ्चालन गरेको सो कार्यक्रममा संयोजक एवं वरिष्ठ उपाध्यक्ष हेम गुरूङले स्वागत मन्तव्य राखेका थिए। साथै प्रमुख अतिथि डा धिताल,अतिथिहरुमा बिभीन्न जिल्लाका अध्यक्षहरुले कार्यक्रम सफलताको कामना गर्दै मन्तव्य राखेका थिए। गोरखाली समाजको ट्रस्टीको प्रतिनिधित्व गर्दै विष्णुबहादुर तामाङ, सल्लाहकारको प्रतिनिधित्व गर्दै पुर्व अध्यक्ष भरत रोक,निवर्तमान अध्यक्ष कर्ण दर्लामी मगरले आआफ्नो मन्तब्य राखेका थिए। निबर्कमान अध्यक्ष कर्ण दर्लामीलाई संस्थाले सम्मान गरेको थियो। कार्यक्रम बेलायतमा छरिएर रहेका जिल्लावासी दाजुभाइ, दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा विविध लोकगीत,दोहोरी र नाच प्रस्तुत गरिएको थियो। भब्य मनोरञ्जन गराइएको सो कार्यक्रममा चर्चित कलाकारहरु शान्ता रानी परियार,गायक बिलन थापा र गायीका भूमिका शाहको प्रस्तुति थियो। 

आकर्षक पुरस्कारको साथमा राफल चिठ्ठाको आयोजना गरिएको थियो। यस्तै कार्यक्रममा सहभागिका लागि स्वादिस्ट नेपाली खाना, बीबीक्यू साथै रुचीअनुसारको पेय पदार्थको व्यवस्था गरिएको थियो। समाजका अध्यक्ष अशोक ढकाल,प्रमुख अतिथि डा राघव धिताल ओबिईद्वारा कार्यक्रममा प्रायोजन गर्नेहरुलाई समाजको तर्फबाट सम्मान गरीएको थियो।

आफ्नो अमूल्य समय दिएर कार्यक्रमलाई सम्पन्न गर्न विभिन्न ठाउँबाट सहभागी गोरखाली समाज यूकेका सल्लाहकारहरू विष्णु तामाङ,राजकुमार गुरुङ,दिनेश गुरुङ,निराराज गुरुङ,बुवाआमा, काकाकाकी,मामामाइजु,दाजुभाइ तथा दिदीबहिनीहरूलाई अध्यक्ष ढकालले स्वागत एवम आभार व्यक्त गर्नु भयको थियो ।

दुई वर्ष कोभिड १९ ले गर्दा हुन नसकेको समर बीबीक्यू भेटघाट यस बर्ष आयो गरिएको बताउदै कोरोना महामारी अवधिमा जीवन गुमाउने जिल्लावासी,सदस्य,आजीवन सदस्य तथा शुभचिन्तकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुका साथै परिवारजनमा अध्यक्ष ढकाले समवेदना व्यक्त गरेका थिए।

नेपाली राष्ट्रिय गान, बेलायती राष्ट्रिय गान, एक मिनेट मौनधारण गर्दै शुरु गरिएको सो कार्यक्रममा प्रमुख अतिथी डा धिताल र अध्यक्ष ढकालद्वारा पानसमा बत्ती बालेर उदघाटन गरीएको थियो।

सो कार्यक्रममा सहयोग गर्ने सबै महानुभावहरु,कार्यसमितिका सम्पूर्ण टिम, ट्रस्टीहरु,सल्लाहकारहरु,आर्थिक सहयोगकर्ताहरु, स्वयंसेवकहरु,क्याटेरिङ प्रोभाइडर समेत लाई अध्यक्ष ढकालले धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका थिए।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?