Sunday August 14, 2022

लमजुङ अमेरिका सेवा समाजको अध्यक्षमा गणेश अधिकारी,ती व्यक्तिलाई विशेष सम्मान

१६ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2950


लमजुङ अमेरिका सेवा समाजको अध्यक्षमा गणेश अधिकारी,ती व्यक्तिलाई विशेष सम्मान

शीतलपाटीन्युज डटकम।

अमेरिका। अमेरिकाको मेरिल्याण्ड बाल्टिमोरमा रहेको लमजुङ अमेरिका सेवा समाजको नयाँ कार्यकारी निर्वाचित गरिएको छ। गणेश अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित भएको हो। 

जसको उपाध्यक्षहरुमा कुम गुरुङ तथा राजेन्द्र थापा,सचिवमा प्रेम कमली,कोषाध्यक्षमा अर्जुन सुयल र संयोजकमा सागर खड्का कुवर निर्वाचित भइका छन। यस्तै समिति सदस्यहरुमा क्रमस अप्सरा थापा कुवर ,सुनिता कुवँर,राज कुमार गैरे,प्रेम घिमिरे,विजय अधिकारी,ओम गुरुङ,दिपक थापा मगर,हेमनाथ घिमिरे,अनु पराजुली तथा मामता थापा निर्वाचित भएका छन।समितिको महाबाणिज्यदूत एवंम् बरिष्ठ गायक प्रेम राजा महतको प्रमुख आतिथ्यतामा निर्वतमान अध्यक्ष शशि थापाले अधिकारीलाई पद हस्तान्तरण गरेका थिए।  

सोही अवसरमा समाजलाई महत्वपूर्ण योगदान दिनुभएकोमा  समाजका वरिष्ठ सल्लाहकार प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रिय कमिटीको सचिवालय सदस्य, प्रचार विभाग प्रमुख तथा अमेरिकाज क्षेत्रको ईन्चार्ज प्रमुराम थापा वानाका अध्यक्ष सुवोध विलास पन्त र पत्रकार सुरेश कोईराला लाई विशेष सम्मान पनि गरिएको थियो।

सन् २०१७ मा मात्र स्थापना भएको लमजुङ अमेरिका सेवा समाज छोटो समयमा आफ्नो जिल्ला ,गाउँको साथै आपत विपद्मा मातृभूमिको लागि सहयोग गर्दै आएको छ।

यसैगरी जुलाई ३१ ,२०२२ मा गणेश अधिकारीको अध्यक्षता बसेको बैठकले प्रभु थापा,सुबोध विलास पन्त,शशि थापा,इश्वरी दवाडी,मन कुमार श्रेष्ठ,राजु पराजुली,लोकन्द्र अधिकारी तथा सुरेश कोइरालालाई सल्लाहकारमा नियुक्त गरेको छ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?