Sunday August 14, 2022

प्रबासी नेपाली मञ्च युके स्कटल्याण्ड कमिटीको आयोजनामा "गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति" विषयक भर्चुअल कार्यक्रम सम्पन्न

१६ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2354


प्रबासी नेपाली मञ्च युके स्कटल्याण्ड कमिटीको आयोजनामा "गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति" विषयक भर्चुअल कार्यक्रम सम्पन्न

जोनी पहारी,

स्कटलैण्ड।प्रबासी नेपाली मञ्च युके स्कटल्याण्ड कमिटीको आयोजनामा "गैरआबासिय नेपाली नागरिकता र पैत्रिक सम्पत्ति" विषयक भर्चुअल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एमालेका नेता एबम वरिष्ठ अधिबक्ता प्रतिनिधिसभा सदस्य क.कृष्णभक्त पोख्रेल रहनुभएको थियो।  

प्रमुख अतिथि पोख्रेलले गैरआबासिय नेपाली नागरिकताको बिसयमा प्रष्ट पार्नुभएको थियो। नेपाली नागरिकता ऎन २०६३ संसोधन गर्न बनेको विधेक गएको प्रतिनिधिसभाको बैठकले बहुमतको निर्णयले पास गरेको थियो। 


कार्यक्रमको अन्य अतिथिहरुमा संविधानसभा सदस्य एबम नेकपा एमाले केन्द्रिय सदस्य तारादेबी राई,प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष क.भक्त गुरुङ,प्रबासी नेपाली मञ्च युके राष्ट्रिय कमिटी अध्यक्ष सुरेन्द्र थपलिया,संगठन बिभाग प्रमुख तुङभद्र भुसाल,युके कमिटीका पुर्ब अध्यक्ष द्वय क.रामशरण सिमखडा,राजेन्द्र पुडासैनी लगायत युकेका विभिन्न संघ सस्थाका अध्यक्ष, प्रतिनिधिहरुको सहभागीता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य स्कटल्याण्ड कमिटीका निबर्तमान सचिव क.बिदुर खत्रीले राख्नुभएको थियो।

कार्यक्रममा प्रबासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष भक्त गुरुङले गैरआबासिय नेपालीहरुको नागरिकताको समस्याको बारेमा आफ्नो भनाइहरु राख्नुभएको थियो। कार्यक्रममा सहभागी विभिन्न ब्यक्तित्वहरुले आफ्नो जिज्ञासा् , प्रश्न प्रमुख अतिथि समक्ष राख्नुभएको थियो । कार्यक्रम प्रबासी नेपाली मञ्च स्कटल्याण्ड कमिटीका अध्यक्ष जोनि पहारिको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सचिब निर्देशन त्रिपाठीले गर्नुभएको थियो ।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?