Sunday August 14, 2022

बेलायतमा नेपाली लोकदोहोरीको पाचौ स्वर्णिम साँझ भब्य

१७ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 2892


बेलायतमा नेपाली लोकदोहोरीको पाचौ स्वर्णिम साँझ भब्य

शीतलपाटीन्युज डटकम।

लन्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाले ३१ जुलाई २०२२ मा पाँचौं लोकदोहोरी स्वर्णिम साँझ कार्यक्रम भब्य  सम्पन्न गरेको छ।

लण्डनको अल्डरसटस्थित एम्पायर हलमा आयोजित सो कार्यक्रम शाखाका महासचिव रत्न शाहीले उद्घोषण र संचालन गर्नु भयको थियो। लोक दोहोरीप्रतिष्ठान यूके शाखाको अध्यक्ष टंक शेरचनको अध्यक्षतामा भयको सो कार्यक्रममा रसमोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी प्रमुख अतिथी रहनु भयको थियो भने विशेष अतिथि गण्डकी प्रदेश समिति सचिव राजन कार्की रहनु भयको थियो।

लोक दोहोरी प्रतिष्ठान यूके शाखाका अध्यक्ष टंक शेरचन,प्रमुख अतिथी काउन्सीलर प्रबेस केशी र बिशेष अतिथि गण्डकी प्रदेश समिति सचिव राजन कार्की समेतले संयुक्तरुपमा पानसमा दीप प्रज्ज्वलन गरी स्वर्णिम साँझको उद्घाटन गर्नु भयको थियो। नेपालको राष्ट्रिय गान बजाएर आफ्नो मातृभूमिलाई सम्झिएको सो कार्यक्रममा विगत ३ वर्ष कोरोना महामारीका कारण बिरामी भै ज्यान गुमाउने प्रतिष्ठानसंग सम्बन्धित कलाकार सदस्यहरुको आत्माको चीरशान्तिको लागि २ मिनेट मौनधारण पनि गरीएको थियो।

अध्यक्ष शेरचन र प्रमुख अतिथि काउन्सीलर केशीद्वारा कार्यक्रममा सहभागी कलाकारहरुलाई खादा ओढाइ स्सम्मान गरीएको सो कार्यक्रममा प्रमुख अतिथि काउन्सीलर  प्रवेश केसीले कार्यक्रम सफलताका लागि शुभकामना मन्तव्य राख्नु भयको थियो भने अध्यक्ष शेरचनले कार्यक्रममा उपस्थित अतिथि,कलाकारलगायत कार्यक्रम सफल पार्नका लागि आर्थिक,भौतिक सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिँनु भयको थियो।

दोहोरी स्वर्णिम साझको चरणमा संस्थाका उपाध्यक्ष मनसुधन थापामगर र महिला सचिव कल्पना श्रीपालले सम्पूर्ण अतिथि कलाकार,स्थानीय कलाकारहरुको परिचय गराउँदै गीतसंगीत,नृत्य कार्यक्रम सुरु गरिएको थियो ।

बेलायतवासी संगीत पारखीहरुको बाक्लो उपस्थिति रहेको सो लोक दोहोरी स्वर्णिम साझमा विलन थापामगर,धन गुरुङ,निर आले, शान्ता रानी परियार,अस्मिता डल्लाकोटी,भूमिका शाह,विशाल रायमाझी,राजन कार्की,खीमानन्दले गीत गाएर आमन्त्रितत सम्पूर्ण अतिथिहरुलाई मन्त्रमुग्द पारेका थिए भने मोडल तथा डान्सर रीना थापामगरले नाचेर भरपुर मनोरन्जन दिलाएकी थिइन् ।

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?