१९ श्रावण, २०७९
कृष्णकान्त अधिकारी, काठमाण्डौ,
फेसबुक वालवाट।
यो युग,
मेरो हुन सकेन,
तिम्रो पनि हुन सकेन
अनि,
तिमी र म जस्ता लाखौं लाख मानिसहरुको पनि हुन सकेन ।
सुनौलो युगको चाहनामा
तिमी र म जस्तै हज्जारौं सपुतहरुले
रगत बगाए,
हासी हासी जिवनको
आहुती दिए,
हजारौं अशक्त र घरबार बिहिन भए
तथापि,
सोचे जस्तो न कुनै युग आयो
न त युगले कुनै परिवर्तन ल्यायो।
हो,
तिमी र मैले चाहे जस्तो
युगको उदय हुनै सकेन
तिमी र म जस्ता
असंख्य नागरिकहरुको
कथा,ब्यथा र कविताहरु
बर्तमानको
कथित यस युगले कोर्न सकेन।
नयाँ युगको
सुनौलो आगमनको
अभिलाषामा
मान्छेहरु जुलुस भएर निस्केका थिए
आवाजहरु आन्दोलनको ज्वाला बनेर
देश भरी सल्किएका थिए
सडकहरु
रगतले पोतिएका थिए
मानिसहरु,
बन्दुक र बुटहरुमा जोतिएका थिए।
परन्तु,
न त तिम्रो कुनै युग उदायो
न त मेरो कुनै युग झुल्कियो
न त तिमी र म जस्तै
लाखौं अनुहारहरुले
खोजेको कुनै युग देखियो ।
युगले,
तिमिलाइ जिस्क्यायो
मलाइ पनि जिस्क्यायो
अनि,
तिम्रो र मेरो जस्तै अनगिन्ती सपनाहरूलाइ जिस्क्यायो ।
युगले,
परिवर्तन ल्याउछ भन्थे
परिवर्तनले स्वाभिमान र समृद्धि ल्याउछ भन्थे
तर, होइन रहेछ
परिवर्तनको खोजमा निस्केका अमुल्य जिवनहरु मुल्यहिन
मृत्युहरुमा हराउँदै गए
इतिहासका पानाहरुमा बिलाउदै गए।
यो युग,
जहाँ,मुट्ठिभरका मान्छेहरु
देश चलाउछन
सिमित मान्छेहरु
देशको सम्पत्तीमा रमाउछदै
असिमित मान्छेहरुलाई सताउछन
अनि,
उनिहरुकै नियोजित स्वार्थमा देश हिडाउछन।
हो त्यसैले,
यो युग
मेरो होइन
तिम्रो पनि होइन।
तिमिले खोजेको युग
र मैले मेरा कल्पनाहरुमा देखेको युग
यस्तो कहाँ थियो र?
तिम्रो र मेरो रोजाईको युगमा,
बस्ती भरी खुसियाली उदाउनु पर्थ्यो
आगन भरी उमङ्ग छाउनु पर्थ्यो
हिमाल,पहाड र तराई हास्नुपर्थ्यो
हजारौं बेरोजगार हातहरु
सृजनामा रमाउनु पर्थ्यो।
हामिले चाहेको युगमा
दु:ख,बेदना र उत्पीडन हरु
उत्साहमा बदलिनु पर्थ्यो ।
न्याय- अन्याय सबै छुट्टिनु पर्थ्यो
बेथितिका पर्खालहरु ढल्नु पर्थ्यो
उन्नतिले शिखरहरु चुम्नु पर्थ्यो
जन - जनको मनहरुमा
समानता अनुभुत हुनु पर्थ्यो।
हो,त्यसैले
यो युग मेरो होइन
तिम्रो पनि होइन...
२०७९-०४-१५
बुढानिलकन्ठ -१० काठमाडौ ।