Sunday August 14, 2022

“बजारमा तिजको गित”गोर्खाली छोरी,सुजाता र प्रकाश कटुवालको स्वरमा (भिडियो समेत)

१९ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1566


“बजारमा तिजको गित”गोर्खाली छोरी,सुजाता र प्रकाश कटुवालको स्वरमा (भिडियो समेत)

शीतलपाटीन्युज डटकम।

काठमाडौं। चर्चित लोक दोहोरी गायक प्रकाश कटुवालको साथमा बेलायत निबासी गायिका सुजाता काफ्लेले स्वर दिएकी छन्। यो तीजको गीतमा शब्द बिनोद ढकालको रहेको छ।

बेलायतमा तीज गीत (मत हजुर नेपाली) गुन्यो चोलीमा गोर्खाली छोरी तिज म्यूजिक भिडियो सार्बजनिक भयको छ। भिडियोमा नेपाली मौलिक संस्कृति सगैं गोर्खाली चेली गुन्यो चोलीमा शब्दले तिज गितलाई निकै रमाईलो बनाएको छ।

म्यूजिक भिडियोमा कमेडि च्याम्पियनका फस्र्ट रनर अप खड्क बहादुर पुन मगर “खबपु” गायक एवम् डान्सर निर आले,नृत्यमा प्रतिष्ठा त्रिपाठी,ऋतु पुन र दिपक मैथाने मगरको अभिनय रहेको छ। कोरियोग्राफर तथा निर्देशकको रुपमा स्थापित कलाकार तथा पहिलो गुरुङ चलचित्र पातेकी नायिका एबम नेपाली गीतसगींतमा निरन्तर सक्रिय सरु राना गुरुङको रहेको छ।

म्यूजिक भिडियोको छायाकंन सुमन श्रेष्ठले गरेका छन् ।भिडियोलाई बेलायतको वाटफोर्ड स्थित कृष्ण मन्दिर लगाएत बिभिन्न स्थानमा छायाकंन गरिएको छ। प्रवासमा रहेका नेपाली दिदी बहिनीहरुको कथा बोकेको गीतले नेपाली गोर्खालीकी छोरी प्रति गर्व गरेको विषय समावेश छ । गीतले गोर्खालीको पहिचान बोकेको नेपाली भेषभुषा र संस्कृति झल्किने गुन्यो चोली लगाएर यो तीजमा नाच्छु भन्ने भाव प्रकट गरेको छ। नेपाली मौलिक तीज गीतको संरक्षण गर्दै दिदी बहिनीहरुलाई तीज मनाउन प्रेरित गर्ने उदेस्यले यो तिज गित ल्याएको गायिका सुजाता काफ्लेले बतायकी छन्।

म्यूजिक भिडियो हेर्नुस;

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?