Thursday June 01, 2023

पशुपतिनाथ मन्दिर लन्डनले खरिद गर्‍यो थप भवन

२१ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1793


पशुपतिनाथ मन्दिर लन्डनले खरिद गर्‍यो थप भवन

शीतलपाटीन्युज डटकम।

लन्डन। लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरले अर्को एक भवन थप्ने उद्देश्यले खरिद गरेको छ। मन्दिरको आडैमा रहेको एक ‘रेसिडेन्सियल बङ्लो’ तीन लाख ७० हजार पाउन्डमा खरिद गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेले शीतलपाटीन्युजसंगको कुराकानीमा बताउनु भयको छ।

खरिद प्रक्रिया टुंगिएसंगै विहीबार मन्दिर समितिका पदाधिकारीहरुले भवनको चाबी बुझेका थिए। आगामी साता जनैपूर्णिमाको पावन अवसर पारेर शुभ साइतका साथ गृह प्रवेशको कार्यक्रम राखिएको कुरा अध्यक्ष पाण्डेले बताउनु भयको छ। मन्दिरले खरिद गरेको नयाँ भवनलाई दिर्घकालमा आवश्यकता अनुरुप मन्दिर बिस्तारका लागि उपयोग गर्ने योजना रहेको र हालको समयमा भाडामा लगाएर नियमित आम्दानी सिर्जना गरिने भयको छ।

मन्दिर खरिदका लागि अहिले विभिन्न दाताहरुबाट ऋण सहयोग लिइएको छ। विभिन्न कार्यक्रममार्फत् स्रोत जुटाएर क्रमिक रुपमा ऋण फिर्ता गर्दै जाने योजना बनाइएको छ।  

'मेरो कार्यकालमा यो भवन खरिदको कामलाई पहिलो प्राथमिकतामा राखेको थिएं। यस कार्यमा हामीलाई सहयोग गर्नुहुने सबै ट्रस्टी एवम् दाताहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु’, अध्यक्ष पाण्डेले भन्नु भयो। ‘मन्दिरलाई भविष्यमा आवश्यकता हुँदा प्रयोग गर्न सकिने सुविधा मिलेको छ,अहिलेलाई आम्दानीको स्रोत पनि बन्ने बिश्वास लिईएको पाइएको छ।’

मन्दिरमा जमघट,भजनकिर्तनसहितका विभिन्न गतिविधि हुँदा आडैको छिमेकीबाट गुनासो आउने समस्याबाट पनि मुक्ति मिल्ने आशा मन्दिर समितिले गरेको छ।मन्दिरका पन्डित निलहरि घिमिरेले पनि नयाँ भवन थपिएपछि थप सहज हुने भन्दै खुशी व्यक्त गर्नु भयको छ। यसअघि मन्दिर रहेको भवन भने पूरै ऋण चुक्ता गरेर ‘फ्रि होल्ड’ भयको छ। 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?