Sunday August 14, 2022

शेष घले बेलायतमा, बेलायती बुध्दीजिबीहरुद्वारा शेष घले दम्पतिलाई स्वागत

२१ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1293


शेष घले बेलायतमा, बेलायती बुध्दीजिबीहरुद्वारा शेष घले दम्पतिलाई स्वागत

शीतलपाटीन्युज डटकम।

अल्डरसट लण्डन। नेपालको लमजुड्ग घर भै अस्ट्रेलिया बसोबास गरेर ब्यवसायीमा नाम कमाएका शेष घले ब्यवसायीक कामका लागि धर्मपत्नि जमुना घले समेत हिजो बेलायत आई पुगेका छन। 

बिदेशमा बस्ने नेपालीहरुको संगठन एनआरएन अन्तराष्ट्रिय संस्थाको २ पटक अध्यक्ष भै सकेका घले यस पटकको एनआरएन अन्तराष्ट्रिय एउटा समुहको अध्यक्ष पनि हो। पुरानो कार्यकालमा नेपालीहरुको समस्यालाई आफ्नै समस्यालाई ठानेर नेपाल सरकारलाई र ब्यक्तिगत रुपमा पनि सहयोग गर्ने मनका धनी शेष घलेले भुकम्पका बेला सरकार भन्दा अघि प्रभावित क्षेत्रमा पुगेर उद्दार र राहात बितरण गरेर नाम कमाएका थिए। भुकम्पमा, कोरोना महामारीमा र एनआरएन अन्तराष्ट्रिय भवनका लागि जग्गा खरिद गर्न र भवन बनाउने सम्मको काम गरेका घलेसंग धेरै योजनाहरु छन। उनको कामको मुल्याड्कन गर्दै अस्ट्रेलियाको एउटा युनिभर्सिटीले मानार्थ पिएचडीले सम्मानित पनि गरेको छ।

 डा घले र श्रीमती घलेको संयुक्त लगानीमा युकेको स्कटलैण्डमा युनिभर्सीटी खोल्ने योजना अनुसार बेलायत आएको कुरा बेलायतका बुध्दिजीवीहरुले गरेको उहाले स्वागतका क्रममा बताउनु भयको छ। साथै आफ्नो प्रोजेक्टमा नेपालीहरुले गर्न सक्ने काम र दिन सक्ने प्राविधीक सल्लाहाका लागि पनि आब्हान गर्नु भयको छ। सो अवसरमा श्रीमती गुरुड्गले पनि एनआरएन अभियानमा गरेका कामका बारेमा अनुभव बताउने युकेमा हुने प्रोजेक्टका बारेमा प्रष्ट पार्नु भयको थियो।

डा शेष घलेलाई स्वागत गर्दै बुध्दिजीबी मध्यका एनआरएन युके पुर्व अध्यक्ष एवम बेलायतमा सफल ब्यवसायी योगेन क्षत्रीले कार्यक्रमको बारे बताउनु भयको थियो। लमजुड्ग जिल्लाबासी एनआरएन युकेका प्रमुख संरक्षक शेर बहादुर सुनारले ब्यवस्थापन गर्नु भयको सो कार्यक्रम एम्पाएर हलमा भयको थियो। परिचयात्मक कार्यक्रमबाट शुरु गरिएको सो कार्यक्रममा उपस्थित सबैले डा घलेले गर्न लागेको सो ब्यवसायमा आआफ्नो तर्क प्रस्तुत गर्नु भयको थियो।

रसमोर बरो काउन्सीलका नेपाली काउन्सीलरहरु प्रबेस केशी, जीब वेलबासे, नेम थापा, एनआरएन अन्तराष्ट्रिय उपाध्यक्ष थर्क सेन,एनआरएन युकेका पुर्व अध्यक्ष मे रि डम्बर घले एमबिई, तमुधि युकेका अध्यक्ष हितकाजी गुरुड्ग,पुर्व अध्यक्ष रामचन्द्र गुरुड्ह, अन्तराष्ट्रिय पर्वत बेयलफेयर सोसाईटीका अध्यक्ष पुरण गिरी,बगर भाईखलक युकेका अध्यक्ष डिलरास गुरुड्ग,सामाजीक अभियन्ता एकेन्द्र गुरुड्ग, पुर्व डिएसपी बाचस्पति रेग्मी,ग्रेटर रसमोर नेपाली कम्युनिटीका अध्यक्ष मान गुरुड्ग,पुर्ण गुरुड्ग समेत रहेको बुध्दिजीवीहरु स्वागतमा उपस्थिती रहनु भयको थियो।

गोर्खा मिडियाका सम्पादक एवम बरिष्ठफोटोग्राफर मीलन तमु गुरुड्ग, क्यामरा मेन शंकर श्रेष्ठ, शीतलपाटीन्युज प्रतिनिधी समेतको उपस्थिती रही कार्यक्रम सम्पन्न भयको थियो।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?