Tuesday September 27, 2022

संघलाई पोखरेलीको साझा घर बनाउने प्रतिबद्धतासहित पोखरेलद्वारा उम्मेदवारी सार्वजनिक

२२ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1270


संघलाई पोखरेलीको साझा घर बनाउने प्रतिबद्धतासहित पोखरेलद्वारा उम्मेदवारी सार्वजनिक

शीतलपाटीन्युज डटकम।

पोखरा। पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेलले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने भएका छन्। पोखरेलले आइतबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

संघको ३४औं महाधिवेसन यही भदौ २४ र २५ गते हुँदैछ। पोखरेल बर्तमान कार्यसमितिमा वाणिज्य तर्फको उपाध्यक्ष छन्। कार्यसमिति सदस्य, उपमहासचिव, महासचिव हुँदै उनी वाणिज्य उपाध्यक्षमा भएका हुन् । लामो समयसँग संघमा रहेर सक्रिय भएको र उपाध्यक्षसमेत भएर काम गरेकाले अध्यक्षमा उम्मेदवारी दिनु स्वभाविक भएको उनले बताएका छन्।

सम्पूर्ण उद्योगी,व्यवसायीलाई समेटेर आफूले संघको नेतृत्व गर्ने पोखरेलको प्रतिबद्धता छ। निजी क्षेत्रको समस्यालाई नजिकबाट बुझेको बताउँदै पोखरेलले सम्पूर्णबाट साथ र सहयोग पाउनेमा आफू विश्वस्त रहेको बताए ।

अग्रज,समकालीन र अनुज सबैसँग सल्लाह गरेर अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा आफू पुगेको पोखरेलले बताए। संघलाई सबै पोखरेलीको साझा घरका रुपमा विकास गर्ने गरी आफूले काम गर्ने उनको प्रतिबद्धता छ ।

संघले आर्थिक भार व्यहोर्नु परेको स्मरण गर्दै उनले अहिले भइरहेको भवनलाई बहुतले बनाएर व्यासायिक प्रयोगमा लगाउने र संघको आर्थिक अवस्था मजबुत बनाउने पोखरेलले बताए। संघ अन्तर्गत स्थानीय व्यापार इक्युबेसन सेन्टर स्थापना गरिने उनको भनाइ छ । उनले आफ्ना प्रतिबद्धतासहित उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

(साभार आर्थिकआवाजबाट)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?