Wednesday September 28, 2022

एनआरएनएमा “नेपाली नागरिकताको निरन्तरता” समिति गठन

२२ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1348


एनआरएनएमा “नेपाली नागरिकताको निरन्तरता” समिति गठन

शीतलपाटीन्युज डटकम।

लण्डन। नेपाल सरकारको प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट गैरआवासीय नेपालीहरुलाई उनीहरुले नेपाललाई दिएको योगदानको मध्य नजर राख्दै गैर आवासीय नेपाली नागरिकता दिने कुरा संसदबाट २ तिहाई मतले पास भयको छ। यो पास भयको बिधेयक लालमोहरका लागि राष्ट्रपतीको कार्यालयमा पुगेर रहेको छ।

१५ दिन भित्र राष्ट्रपतिले लालमोहर लगाउनु पर्ने सो बिधेयकमा सामाजीक,सास्कृतिक र आर्थिक अधिकार दिने उल्लेख गरिएको छ भने निर्वाचनमा भोट दिन र उम्मेदवार वन्ने राजनैतिक अधिकार भने छैन। देशको बिकासमा रेमिटेन्स मार्फत सहयोग गरेको गैर्ह आबासीय नेपालीहरुको माग “'नेपाली नागरिकताको निरन्तरता”  हो। 

सो बिषयलाई लिएर एनआरएनए अन्तराष्ट्रिय समीतिले एउटा 'नेपाली नागरिकताको निरन्तरता' का लागी नेपाल सरकारसंग सहजीकरण गर्न एउटा नागरिकता बिज्ञहरुको समिति गठन गरेको छ। अष्ट्रेलिया बस्नुहुने पाल्पाली नेपाली अभियन्ता दुर्गा आचार्यको संयोजकत्वमा संघले समिती गठन गरेको हो। यो समितीले गैर्ह आवासीय नेपाली नीगरिकता नभै 'नेपाली नागरिकताको निरन्तरता' सम्बन्धमा आवस्यक पहल गर्ने जनाईएको छ।

समितीका पदाधीकारीहरु-

NRNA ICC 'नेपाली नागरिकताको निरन्तरता' समिति गठन

संयोजक : दुर्गा आचार्य - अष्ट्रेलिया

सदस्य सचिव: नारायण काफ्ले - अष्ट्रेलिया

सदस्यहरु:

आर के त्रिपाठी - संयुक्त अधिराज्य

सोम सापकोटा - संयुक्त अधिराज्य 

गंगाधर गौतम - बेल्जियम

ओम गुरुङ - जापान

चिन्तामणि सापकोटा - स्पेन

बुध्दीसुवेदी-संयुक्तराज्य अमेरिका

नन्द गुरूङ - अष्ट्रेलिया

शिबमणि भुर्त्याल - रसिया

डा रुद्र अर्याल - संयुक्त राज्य अमेरिका

गुणराज पौडेल - स्वीटजरल्याण्ड

वेद खरेल - संयुक्त राज्य अमेरिका

पशुपति भण्डारी - संयुक्त अधिराज्य

भक्त गुरूङ - संयुक्त अधिराज्य

शनिकुमार ओली - कतार

सल्लाहकारहरु: 

कुल आचार्य - संयुक्त अधिराज्य 

राम प्रताप थापा - जर्मनी

सोनाम लामा - संयुक्त राज्य अमेरिका

खगेन्द्र जिसी - संयुक्त राज्य अमेरिका

क्याप्टेन हितमान गुरूङ् - संयुक्त अधिराज्य

(स्रोत- आरके त्रिपाठी

पुर्व महासचीव

एनआरएन युके)



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?