Tuesday September 27, 2022

क्रान्ती

२२ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 4717


क्रान्ती

कृष्णकान्त अधिकारी,

बुढानिलकन्ठ -१० काठमाडौ।


क्रान्ति -

क्रान्ति,समय हो 

परिवर्तनको संकेत हो

यथास्थितिको विरुद्धमा

उठिरहेको 

आक्रोश,बिद्रोह 

र चुनौतीहरुको 

ज्वारभाटा पनि हो ।

  

तथापि,क्रान्ति 

तिमिले भन्दैमा आउदैन 

मैले चाहदैमा पनि आउदैन

क्रान्ति, 

कुनै पात्रोहरुमा लेखिदैन

दोबाटोहरुमा टुप्लुक्क भेटिदैन।

 

जब,अन्धा शाषकहरु

देशको माटो चिन्दैनन

दबिएका आवाजहरु सुन्दैनन

शोषित र उत्पीडितहरुको

भावहरु बुझ्दैनन

हो , त्यसबेला

 

क्रान्ति ,

कतै जन्मिरहेको हुन्छ 

कतै बढीरहेको हुन्छ 

कतै खेलिरहेको हुन्छ

र कतै फैलिरहेको हुन्छ।

 

यद्यपि क्रान्ति,

तिम्रो नियन्त्रणमा छैन 

मेरो नियन्त्रणमा पनि छैन

अपितु, क्रान्ति 

समय हेरीरहेको छ

परिस्थिति नियालीरहेको छ 

 

त्यसैले,अबको क्रान्ति 

निसन्देह ;

कतैबाट निर्देशित हुने छैन 

निहित स्वार्थहरुमा कतै 

बहकिने छैन 

बरु यो क्रान्ति,

देशलाई दुर्गन्धित पार्ने 

फोहरहरु बगाउदै आउनेछ

देशघाती र बेइमानहरुको जत्थालाई

घाटतीर सेलाउदै आउँछ।

 

हो,अबको क्रान्तिले

तिमिलाइ लिएर आउनेछ

मलाइ लिएर आउनेछ

ठेला उठेका लाखौं लाख

मुट्ठीहरु उचालेर आउनेछ।

 

तसर्थ,अबको क्रान्तिले 

फेरि,भिमसेन,अमरसिंह र

बलभद्रहरु जन्माउनेछ 

देशको शिर उठाउने छ।

 

अबको क्रान्तिमा

लेक,बेसी र देउरालीहरुले

देशकै गित गाइरहेको हुनेछ 

नदी खोला र झरनाहरुमा

देश सुसाइरहेको हुनेछ।

 

अबको युगिन  क्रान्तिले  , 

दुष्ट र धुर्तहरुको जमातलाइ

ठेगान लगाउने छ 

देश प्रति 

गद्दारी गर्नेहरूलाई

चार भन्ज्याङ्ग कटाउने छ।

 

हो,

अबको क्रान्ति,

निस्चय पनि नौलो हुनेछ 

जहाँ,

देशको माटोमा  स्वाभिमानहरु उम्रने छ पाखा पखेरा र फाँटहरुमा समृद्धि देखिनेछ 

हज्जारौं फुलहरु

एकसाथ फुलिरहनेछ।

क्रान्ति .........

 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?