Tuesday September 27, 2022

बेलायतमा नेपाली भिलेज परियोजनाको २१ अगस्तमा अल्डरसटमा बैठक हुदै

२८ श्रावण, २०७९ शीतलपाटीन्युज डटकम। 1270


बेलायतमा नेपाली भिलेज परियोजनाको २१ अगस्तमा अल्डरसटमा बैठक हुदै

बिक्रम भट्टराई।

लण्डन। नेपाल भन्दा बाहिर पुरै नेपाल र नेपालीपन झल्काउदै जीवनमा एकपटक जसरी पनि पुग्नपर्ने गन्तव्य बनाउने उद्देश्य लिएर संचालन गर्ने योजना बनाएको नेपाली भिलेज युकेको परियोजनाका बारेमा ईच्छुक शेयरहोल्डरका लागी विस्तृत जानकारी आदान-प्रदान गर्न  तथा परियोजनाको प्रति शेयर £५००० (पाँच हज़ार पौण्ड) भुक्तानी गरेका शेयरहोल्डरहरुलाई शेयर सर्टिफिकेट लगायत सम्झौता काग़ज़ात आदान-प्रदान गर्न आयोजित कार्यक्रम यही आउने २१ अगस्त २०२२ आईतवारको दिन बिहान ११.०० बजेबाट अपरान्ह ४.०० बजे सम्म प्यालेस रेस्टोरेन्ट ३५ स्टेशन रोड अल्डरसटमा तय गरिएको छ। 

कार्यक्रम आईतवार बिहान ठिक एघार बजे सबै पाहुनाहरुलाई स्वागत गर्दै साढ़े एघार बजे खाना (लन्च) हुनेछ। खानपान लगत्तै मुख्य कार्यक्रम सुरु हुनेछ,जसमा परियोजनाका बारेमा आवश्यक जानकारी, परियोजनाको प्रगति विवरण र शेयरहोल्डरहरुसंग गर्नुपर्ने सम्झौता पत्रमा दुवैतर्फबाट हस्ताक्षर लगायत शेयर प्रमाणपत्र हस्तांतरण गरिने छ। कार्यक्रम अपरान्ह ३.३० बजे समापन गरिने छ। नेपाली भिलेज युकेको लन्चिङ कार्यक्रम गएको में महिनाको २१ तारीख़मा नेपाली राजदूत महामहिम ज्ञानचन्द्र आचार्य ज्युको प्रमुख आतिथ्यता र ब्रेकन स्थित स्थानीय एमपी अनि मेयर लगायतको विषेश समुपस्थितिमा सम्भावित परियोजना संचालन क्षेत्र ब्रेकनमा आयोजन गरिएको थियो। उक्त कार्यक्रममा बेलायतमा रहनुभएका विभिन्न क्षेत्रका नेपालीहरुको सहभागिता रहेको थियो।

ब्रेकनको कार्यक्रममा विभिन्न कारणले सहभागी हुन नसक्नु भएका तर यो परियोजना प्रति सुरुबाट नै सकारात्मक रहनु हुने र यसमा जोडिन चाहानुल हुने नेपाली लगायत अन्य सबैलाई निमन्त्रित गरिने यस कार्यक्रममा नेपाली भिलेज युकेको शेयर किनीसक्नु भएका शेयरधनीहरुसंग वहाँहरुका साथीभाई तथा ईष्टमित्रहरुलाई हाम्रा भावी सन्ततिहरुले गौरवान्वित हुनसक्ने परियोजनामा जोड्न प्रोत्साहित गर्दै सहभागी गराउन अनुरोध गरिएको छ।

नेपाली भिलेज युकेले सुरुवात मै भने अनुसार एक मिलियन पौण्डको मूल रक़मको योजनामा प्रति शेयर £५००० (पाँच हज़ार पौण्ड) बराबर २०० शेयर हुनेछ जसमा हालसम्म लगभग ११० शेयर बिक्री भईसकेको, पचास भन्दा धेरै महानुभावहरुले आँफ्नो शेयर बुक गरिसक्नु भएको छ । परियोजनालाई उपयुक्त हुने जग्गाहरु हेर्ने क्रम निरन्तर रहेको छ। ब्रेकनको नजिकै हालै मात्र २६ एकर्ड (लगभग २०६ रोपनीं) को जग्गा बिक्रीका लागी बजारमा आएको र उक्त जग्गा यो परियोजनाका निमित्त एकदमै उपयुक्त हुने देखिएको हुनाले परियोजनाका बोर्ड अफ डायरेक्टरहरु यथासक्दो समयमा आवश्यक शेयरहोल्डर खोज्ने र रक़म जम्मा गरेर त्यो जग्गा किन्न लागी परेका छन।



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?